२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा तेस्रो विश्व युद्वको निमन्त्रणा !

२७ आश्विन २०७४, शुक्रबार ०३:४४

असोज २७, एजेन्सी । उत्तर कोरिया र अमेरिकाबीच बढ्दो तनाबको चर्चा विश्वभरी छ । दुवै देशले आफ्नो घमण्ड नछाड्दा त्यसको प्रभावले तेश्रो विश्व युद्ध निम्त्याउने खतरा बढेको विश्लेषण गरिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो गतिविधिले विश्वमा तेस्रो विश्व युद्वलाई निमन्त्रणा गरेको बताएका छन् ।

उत्तर कोरियाली सञ्चार माध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्वका लागि आगो बालिरहेको आरोप लगाइरहेका बेला रसियाको यो भनाइबाट अमेरिकालाई थप आरोपमा बल मिलेको छ ।

संयुक्त राष्ट्रसंघको बैठकका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका कारण अमेरिका लगायत आफ्ना गठबन्धन राष्ट्रहरूमा कुनै समस्या आए उत्तर कोरियालाई पूर्ण रूपमा ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका थिए । त्यसो त अघिल्लो बैठकमा ट्रंपले उत्तर कोरियालाई बिभिन्न अभिव्यक्ति दिदै आएका छन् । 

अमेरिकी राष्ट्रपतिको भनाई प्रति जवाफ दिँदै उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनले अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइलाई भुकिरहेको कुकुरको संज्ञा दिएका थिए । अमेरिकाका कारण सम्पूर्ण विश्वले दुःख पाउने स्थिति आउनसक्ने उत्तर कोरियाले जनाइसकेको छ । उत्तर कोरियाले अमेरिकासँग नझुक्ने र उसँग सामना गर्न सक्ने क्षेमता आफुसँग रहेकको बताईरहेको बेला अमेरिकाले उत्तर कोरियाको आकाशमा बम बर्षक बिमान उडाउनुलाई पनि युद्धको संकेत मानिएको छ ।

केही दिन अगाडि मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको बर्षौंदेखिको वार्ता नतिजामुखी नभएको भन्दै उत्तर कोरियामाथि आक्रोश व्यक्त गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग वार्ता थालेको करिब २५ वर्षको अवधिमा कुनै पनि नतिजा नआएको भन्दै उत्तर कोरियामाथि एउटै उपाय मात्रै काम गर्न सक्ने बताएका थिए।

उत्तर कोरियाली नेता किमले भने अर्को परमाणु हतियारको परीक्षणका लागि तयारी गर्नका लागि आफ्ना सेनाहरूलाई निर्देशन दिएको उल्लेख गरेका छन् । यसरी दुवै देश एकअर्को प्रति आक्रोशित बन्दा तेश्रो विश्वयुद्धको निम्तिने खतरा रहेको विश्लेषण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान