९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बिद्यार्थी फोरमको ‘समाजवादको यात्रा’ विमोचन

२७ आश्विन २०७४, शुक्रबार ०८:२४

चिसाङ शेर्पा | असोज २७, खोटाङ | संघिय समाजवादी विधार्थी फोरम नेपाल खोटाङको ‘समाजवादको यात्रा’ नामक वार्षिक पत्रिकाको विमोचन गरिएको छ । विहिवार दिक्क्तेलस्थित होटल व्लोसममा रुपाकोट मझुवागढी नगरपालिका पाँच लफ्याङका वडाध्यक्ष निर्मल राई र नगरपालिकाकै वडा नम्बर दशका वडाध्यक्ष मुगाधन राईले संयुक्त रुपमा पत्रिकाको विमोचन गरेका हुन् । विमोचनसंगै प्रथम चरणमा जिल्लामा पत्रिकाको प्रकाशन शुरु भएको छ ।


पत्रिकामा रविन्द्र राई सम्पादक, फनिन्द्र राई कार्यकारी सम्पादक, गोमा राई, हेमकुमार राई र कविता राई सह– सम्पादकमा रहेका छन् । व्यवस्थापकमा आस्ना राई (संगीता) अनिशा राई, राजेश राई, अरुणा रानामगर र विश्वचन्द्र राई तथा विजय राई अतिथि सम्पादक रहेका छन् ।  

संघिय समाजवादी फोरम नेपाल खोटाङको भातृ संगठन ‘समाजवादी विधार्थी फोरम नेपालको अथक प्रयास तथा सहयोगी, शुभेच्छुकको सहयोगमा समाजवादी विधार्थी फोरम खोटाङको मुखपत्र प्रकाशन शुरु गरिएको प्रधान सम्पादक तथा समाजवादी विधार्थी फोरम नेपाल जिल्ला समिति खोटाङका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज रबिन खम्बुले बताउनुभयो ।’

खम्बुले भने ‘पत्रिकाले विशेषतः संघिय समाजवाद शिक्षा भनेको के हो ? यसका वैचारिक ज्ञानहरु के–के हुन् भन्ने वारेमा प्रष्ट पार्न तथा मुलुकलाई समाजवादको वाटोमा डोर्याउन मद्दत गर्छ ।

संघिय समाजवादी विधार्थी फोरम नेपाल खोटाङको गतिविधीलाई प्राथमिकतामा राखी प्रकाशन गरिने पत्रिकाको शुरुवाती अंकमा संघिय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, भीम राई, दान बहादुर विश्वकर्मा, राधा तिमिल्सिना, विवेक राई, ध्यान बहादुर राई, वरिष्ठ साहित्यकार राजन मुकारुङ, टंक बहादुर थापा, निर्मल राई तथा संगीता राईका राजनीतिक विश्लेषणात्मक लेख, सांगठनिक गतिविधि, व्यतmी परिचयजस्ता लेखहरु प्रकाशित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो