Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलीदेखि ब्यबस्थापिका सांसद भंग हुँदै ! यसरी बिदा हुनेछन् सांसदहरु

२०७४, २७ आश्विन शुक्रबार ०९:०४

असोज २७, काठमाडौं । व्यवस्थापिका संसदका ५९२ सांसदहरुको लागि शनिबार मध्यरातिदेखि जिम्मेवारीमुक्त्त हुँदैछन् । शनिबार विशेष बैठक पछी व्यवस्थापिका संसदका सबै सदस्यहरुलाई विधिवत बिदाई गरिनेछ ।

संसदमा सनिबार सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि शनिबार अपरान्ह संसदको विशेष विदाई बैठक राखिएको सभामुखका प्रेस सल्लाहकार बबिन शमाले बताएका छन् । बैठकमा सभामुख र शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

निर्वाचन आयोगले असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले २८ गते मध्यरातिदेखि रुपान्तरिक व्यवस्थपिका संसद विघटन हुने संसद सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले जानकारी दिए ।

यसअघि कात्तिक ४ गते संसद विघटन हुने भनिएको थियो । तर, संविधानले उम्मेदवारी मनोनयनसँगै संसद भंग हुने भनेकोले समानुपातिक उम्मेदवारी मनोनयनलाई नै आधार बनाइएको सभामुख निकट स्रोतले जनाएको छ ।

संसद बिघटनअघि यो संसदको अन्तिम विजनेश बैठक आज शुक्रबार बस्दैछ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी विधेयक र भाषा आयोगसम्बन्धी विधेयकलाई कार्यसूचीमा राखिएको छ । त्यस्तै प्रदेश प्रमुखको पारिश्रमिक सम्वधासम्बन्धी बिधेयक पनि बैठकले पारित गर्ने कार्यसूची छ ।

चिकित्सा शिक्षा र राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा सहमति जुटाउने प्रयास भइरहेको छ । यदि यो संसदले पारित गर्न नसके सरकारले अध्यायदेशबाट ल्याउनुपर्नेछ ।

संसद विघटनसँगै अहिले व्यवस्थापिका संसदमा रहेका सबै विधेयकहरु सून्यमा जानेछन् । अर्को संसद निर्वाचित भएर आएपछि नयाँ सरकारले पुनः बिधेयक ल्याउनुपर्नेछ ।

२०७० मंसिर ४ गते निर्वाचित भएर आएका सांसदहरु असोज २८ गते मध्यराति १२ बजेबाट भुतपुर्व हुनेछन् । उनीहरुले असोज महिनासम्मको तलब भत्ता पाउनेछन् भने त्यस बाहेक पुरानै प्रचलन अनुसार यातायात खर्च दिएर बिदाई गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ