२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटबाट धार्के जोड्ने दुई लेनको सडक निर्माण शुरु

२०७४, २९ आश्विन आईतवार ११:५७

असोज २९, काठमाडौँ (रासस) | नुवाकोट डिभिजन सडक कार्यालयले ४० किलोमिटर लामो दुई लेनको सडक (लोकसञ्चार मार्ग) निर्माण शुरु गरेको छ । 

झन्डै रु डेढ अर्ब लागत लाग्ने उक्त सडकको पहिलो खण्डको १० किमी सडक शुक्रबारदेखि निर्माण शुरु भएको हो । डिपीआर रिपोर्टमा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डका लागि रु ५० करोड ८५ लाख लाग्ने उल्लेख गरिए पनि रू सवाँ २४ करोडमा ठेक्का सम्झौता भएको छ । 

जिलिङ्गको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिने उक्त सडक तीन खण्डमा निर्माण हुनेछ । सडक कार्यालयका अनुसार पहिलो खण्ड जिलिङको सिमखेत बालुवाखानीदेखि केउरिनी हुँदै हर्रेसम्म र दोस्रो खण्ड हर्रेदेखि कुमरीको बाह्रबिसेको कोल्पुखोला पुलसम्म हुनेछ । कोल्पुखोलाको पुलदेखि धार्केसम्मको तेस्रो खण्डको काम भने भरतपुर डिभिजन सडक कार्यालयले गर्नेछ । 

राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित वार्षिक विकास कार्यक्रममा आव २०७३/०७४ देखि समावेश भएको उक्त आयोजना सम्भावित रणनीतिक सडक शीर्षकमा समावेश छ । बजेट उपशीर्षक नं ३३७३३५ भएको पी वानको उक्त सडक शुक्रबार जिलिङको पाँचखलेमा नुवाकोट डिभिजन सडक कार्यालयका प्रमुख निरज शाक्यले निर्माणको शुभारम्भ गर्नुभयो । 

लोकसञ्चार मार्गको पहिलो चरणको सिमखेत–केउरिनी–हर्रे खण्डको नौ किमी ९०० मिटर सडक कालोपत्रमा स्तरोन्नति गर्न स्वच्छन्द/वल्र्डवाइड/अमृत जेभी नामको काठमाडौँमा दर्ता भएका तीन वटा ठेकेदार कम्पनीले संयुक्तरुपमा रु २४ करोड, २८ लाख ८४ हजार ३६१ मा ठेक्का सम्झौता गरेका थिए । पहिलो खण्डको कालोपत्रसम्मको काम ठेकेदार कम्पनीले २०७८ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने भए पनि दुई वर्षमै सक्ने लक्ष्य छ । 

अर्थ मन्त्रालयले पहिलो खण्डलाई रु ५० करोड ८५ लाखको काम बहुवर्षीय ठेक्काबाट गर्न २०७३ साल मंसिर २७ गते सहमति दिएको थियो । ठेक्काको प्रक्रिया लामो भएका कारण गत असार मसान्तमा मात्र ठेकेदार कम्पनीसँग सडकले सम्झौता गरेको थियो । सम्झौता गरेलगत्तै वर्षायाम शुरु भएका कारण असोजमा मात्र सडकको स्तरोन्नति शुरु गरिएको हो । अर्थले दिएकोभन्दा आधा रकममा ठेक्का सम्झौता भएका कारण बाँकी पैसाको दोस्रो खण्डको ठेक्का आह्वान् सडकले चाँडै नै गर्ने तयारी गरेको छ । 

दोस्रो चरणमा हर्रे–बाह्रबिसे (कुमारीको कोल्पुखोला पुल) खण्डमा सडक विभागले गरेको डिपीआरको प्रारम्भिक प्रतिवेदनमा रू एक अर्ब पाँच करोड ६६ लाख २७ हजार २०३ रुपैयाँ लाग्ने उल्लेख गरिएको छ । उक्त प्रतिवेदनमा केही संशोधन भई रकम थप/घट हुनसक्ने अनुमान सडक विभागले गरेको छ । उक्त खण्डको डिपीआर सडक विभागले कन्सल्टेन्सी लगाएर गरेको हो । यो सडकको जिलिङदेखि धार्केसम्मकै डिपीआर भने तयार भइसकेको छ । 

लोकसञ्चार मार्ग रसुवागढी–गल्छी सडकको नुवाकोट जिल्लाको हालको बेलकोटगढी नगरपालिका–८ सिमखेत बालुवाखानीबाट शुरु भएर पुरानो जिलिङ गाविस भवनहुँदै केउरिनी हर्रे, बेलकोटगढी नगरपालिकाको कार्यालय बाघखोर हुँदै कुमरीबाट निर्माणाधीन बाह्रबिसेको मोटरेवल पुलबाट धादिङको आचार्य पोखरीबाट पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको मिलनबिन्दु नजिक नौबिसेमा पृथ्वीराजमार्गमा जोडिनेछ । यो सडक त्रिभुवन राजपथबाट तराईसँग जोडिने हुनाले यसको निर्माण पूरा भएपछि पृथ्वीराजमार्गमा समस्या आए पनि नेपालको तराईबाट सिधैँ रसुवागढीसम्म र रसुवागढीबाट सिधै तराईसम्मको व्यापार तथा आवागमनमा सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी