१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपहरणमा परेका ७ महिनाको बच्चा १७ दिनपछि सकुशल उद्धार

२९ आश्विन २०७४, आईतवार १२:४६

असोज २९, जनकपुरधाम (रासस) | अपहृत सात महिनाको एक बच्चालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सकुशल उद्धार गरेको छ । 

धनुषा जिल्लाको कमला नगरपालिका–३ पर्साका सुनितादेवी यादवको सात वर्षीय छोरा शुभम् यादवलाई प्रहरीले सकुशल उद्धार गरेको हो । 

जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले अपहरण भएको १७ दिनपछि बच्चालाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । 

यही असोज १२ गते राति आमासँगै सुतिरहेको सो बच्चालाई अपहरण गरी सिरहा जिल्ला लक्ष्मीपुर पतार गाउँपालिका–४ का लीलादेवी साह कलवारको घरमा शरीर बन्धक राखेको अवस्थाबाट उद्धार गरिएको छ । 

लीलादेवीको चारवटा छोरी भएको र छोराका लागि भारतको दिल्ली अनाथालयमा प्रयास गरे पनि कानुनी व्यवधानले बच्चा प्राप्त गर्न नसकेपछि सिरहा नगरपालिका–१० नरहरियाका दिलीप मण्डलको सहयोगमा दुई लाख ५० हजारमा अपहरणकारीबाट बच्चा लिएको बताइएको छ । 

अपहरणमा संलग्न कमला नगरपालिका–२ का राधाकृष्ण मण्डल, दिलीप मण्डल र लीलादेवीलाई पक्राउ गरिएको छ भने वीरेन्द्र यादव र बाला पासवान फरार रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन