2026-07-24 08:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीभी भर्ने वेबसाइट असोज २४ देखि डाउन ! तर ठगहरुले यसरी डिभी भराउँदैछन्

असोज ३०, काठमाडौँ । नेपालमा अवसरलाई प्रयोग गर्ने ठगहरुको बिगबिगी छ । यसैमध्ये डिभीको नाममा ठग्नेहरु पनि उत्तिकै सक्रिय छन् ।

डीभी भर्ने वेबसाइट असोज २४ देखि डाउन हुँदा पनि ठगहरुले पछी वेबसाइट खुल्ने ग्यारेन्टी गर्दै २ सय देखि ५ सयसम्म पैसा अशुलेर ठगि गरिरहेका छन् । एक सातादेखि साइट खुल्ने नखुल्ने पत्तो छैन तर पनि पछी डिभी भरिदिने भन्दै पैसा उठाईएको छ । यसरी ठग्नेहरु साइबरदेखि नाम चलेका कन्सल्टेन्सीहरु समेत रहेका छन् । उनीहरुले आफूखुसी फर्म भरेर सर्वसाधारणबाट रकम असुली गरिरहेका छन् ।

नेपालमा डिभी भर्ने उध्यश्यले कुनै कम्पनी दर्ता नभएपनि बर्षेनी डिभीकै भरमा कम्पनी चलाउनेहरु पनि छन् । आफ्नोबाट डिभी भर्दा पर्ने सम्भावना भन्दै डिभी परेकाहरुको फोटो टासेर बिज्ञापन गरिन्छ अनि चर्को रकमसम्म लिने गरिएको छ । 

राजधानीमा रहेका अधिकांस कन्सलटेन्सीहरुले २ सय देखि पाँचसय रुपैयाँसम्म सेवासुल्क वा फोटो खिचेबापत भन्दै रकम असुली गर्दै आएका छन् । सामान्यत: फोटो खिचेर धुलाउन १०० रुपयाँ लाग्छ त्यो पनि तत्काल फोटो पाइन्छ तर डिभी भर्नेहरुले तत्काल फोटो दिँदैनन् । फोटो खिच्नु केवल बहाना मात्र हो । फोटो दिए पनि अर्डर गरेर आउँदा जाँदा बाहिर खिचे भन्दा महँगो पर्न जाने हुँदा १० प्रतिशतले पनि फोटो लिंदैनन् । 

त्यसो त सरकारले पनि यसरी पैसा अशुल्नेलाई खुलेयाम छाडीदिएको छ । डिभी खुल्ने समय अगावैदेखि राष्ट्रिय पत्रिका तथा बाटा-बाटामा स्टल राखेर प्रचार गर्ने तथा फारम भराउन समेत सरकारले छुट दिएको छ । यस अघि डिभी भर्ने समयमा खासै समस्या नआउने इडीभीको वेबसाइट लामो समयदेखि डाउन हुँदा समेत खुल्ने आशामा डिभीको लागि फोटो खिच्ने र फाराम भर्नेको लाइन छ । साइट खुल्ने-नखुल्ने निश्चित नहुँदा सर्व्धारणको पैसा उठाएर ठगि गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक