Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकट लिन काठमाण्डौ पुगेका कांग्रेस नेताहरु, फेसबुकमा यसरी विलौना गर्दै

२०७४, ३० आश्विन सोमबार ०९:१५

चिसाङ शेर्पा | असोज ३०, खोटाङ | आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि टिकट लिन काठमाण्डौं पुगेका खोटाङ कांग्रेस नेताहरु आन्तरिक रुपमा टिकटका लागि कसरत गर्दै फेसबुकमा वह पोख्न थालेका छन् ।

नेपाली कांगे्रस खोटाङका प्रदेश नम्बर २ का प्रत्यक्षतर्फका प्रत्यासी उम्मेद्वारद्धय विष्णुकुमार राई र रवि प्रकाश राईले फेसवुकमा सेल्फी खिचेर तस्विर पोष्ट गरेका छन् । तस्विरमा दुवैजनाको अनुहारमा चमकता देखिन्छ । 

नेता, रविप्रकाश राईले फोटोसंगै क्याप्सनमा लेखेका छन् । ‘हिजो पनि एक थियौं, आज पनि एक छौं र भोली पनि एक हुनेछौं ।’

दुवै नेता टिकटको लागि आ–आफ्नो पावर र पहुँचले भ्याएसम्म केन्द्रमा टिकटको लविङ र रस्साकस्सीमा जुटेका छन् तर ! जसले टिकट फुत्काए पनि फेसबुकमा लेखिएको स्टाटस र सेल्फीले भने कांग्रेसलाई जिताउँने छाँटकाँट देखिन्छ । टिकटका लागि दुवै नेताको प्रवल संम्भावना भएको भएपनि अन्त्यमा एकजना खाली हात फर्कनुनै पर्ने हुन्छ ।

यी दुई नेतासंगै जिल्लाबाट प्रत्यक्षतर्फको टिकटको लागि नेता महेन्द्र कट्वाल र रमेश खड्काको पनि नाम शिफारिस भएको छ  । उनिहरु पनि टिकटको लागि लविङमै रहेका छन् । २०७० सालको संविधानसभाको चुनावमा प्रत्यक्षतर्फका उम्मेद्वारको टिकट लिएर चुनावी मैदानमा उत्रेका विष्णुकुमार राई र समानुपातिक तर्फका उम्मेद्वार रविप्रकास राईको चुनाव जित्ने त्यतिखेरको सपना हारसंगै चकानाचुर भएको थियो ।

चुनाव जितेर क्षेत्र नम्बर २ को विकासलाई प्रथामिकता दिने नेताद्धयको सपना आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनले पूरा गर्छ की गर्दैन त्यो हेर्न बाँकी छ । त्यसोत, पार्टी भित्र, कार्यकर्ता र जनतासंग अब्बल र राम्रो गनिएका नेता विष्णुकुमार राईलाई ०७० सालको चुनावमा हराउँन आफ्नै पार्टीपंक्ती लागेको ईतिहास छ ।

भिजन मिसन र विकास गनुर््पर्छ भन्ने भावनाका नेता विष्णुकुमार राईको यो चुनाव अन्तिम पनि हो । राईले भने, यहाँ विकासको निम्ती राजनीति हावि भएको छ । अव राजनीति विकासका लागि हुनुपर्छ । यसको रुपान्तरण गर्नेछु ।’

उनि, आफुले टिकट पाएसंगै जुनसुकै हालतमा जित्ने मानसिकता बनाईरहेका ठोकुवा गर्छन् । विष्णुकुमार राई पूर्व सभापति तथा महासमिति सदस्य हुन भने रविप्रकाश राई महासमिति सदस्य तथा यूवा नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ