2026-10-15 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० बुदेँ घोषणा पत्र जारी गर्दै जलवायु परिवर्तन राष्ट्रिय सम्मेलन सम्पन्न

नन्दराम जैशी | असोज ३१, जुम्ला । जुम्लामा सम्पन्न २ दिने राष्टिय सम्मेलनले १० बुदेँ पर्वतीय मुद्दा, जुम्ला कार्यआवहन घोषणा पत्र २०७४ जारी गरेको छ । जुम्लामा पहिलो पटक सोमबार सम्पन्न भएको जलवायु परिवर्तन, खाद्य सुरक्षा, स्वच्छ पानीका लागि अवसर तथा चुनौती विषयक राष्टिय सम्मेलनले १० बुदेँ पर्वतीय मुद्दा, जुम्ला कार्यआवहन घोषणा पत्र जारी गरेको हो । जारी पत्र सम्मेलनमा सहभागिले हस्ताक्षर गरेर पारीत गरेका छन् । घोषणा पत्रले पर्वतीय समुदायले भोग्नु परेको समस्या र समाधानका उपायहरुलाई मुख्य एजेण्डाका साथ बुँदागत रुपमा उल्लेख गरेको छ । 

पर्वतीय मुद्दाः जुम्ला कार्यआवहन २०७४

१. पर्वतीय समुदायको उत्थानशिलता अभिवृद्धि गर्दै स्थानीय प्रविधीय ज्ञान, सीप, क्षमताका साथै जैविक विविधता प्रवर्धन  अनुकूलन तथा अल्पिकरण गर्न एकीकृत र सामुदायिक प्राकृतिक श्रोत व्यवस्थापनका अभ्यासहरुलाई बढावा दिने ।

२. जलवायु परिवर्तन, खाद्य सुरक्षा तथा स्वच्छ पानी  सम्बन्धी सरकारी, गैर सरकारी तथा निजी क्षेत्रले तय गर्ने निति तथा कार्यक्रमहरुमा महिला तथा सिमान्तकृत समुदाय लगायतका सरोकारवालाहरुको अर्थपूूर्ण सहभागिताको सुनिश्चितता गर्ने ।

३. जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेका प्रभावहरु र यसवाट भविश्यमा हुन सक्ने सम्भावित असरहरुबारे स्थानीय तहमा सचेतना बढाउदै राष्ट्रिय र अन्तराष्ट्रिय तहमा वातावरणीय तथा जलवायु न्यायको लागि पैरवी गर्ने ।

४. जलवायु अनुकुलन र समानुकुलन क्षमता अभिवृद्धि गर्न स्थानीय उद्यमशिलता, बजारमा पहुँच, पर्यटन र रोजगार बढाउदै पर्वतीय समुदायको आय आर्जन बृद्धि गर्ने ।

५. हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा समुदाय विस्थापित हुने तथा बसाई सराई भई विस्थापित हुने बाध्यतालाई सम्बोधन गर्ने ।

६. पर्वतीय समुदायको विशिष्ट सवाललाई सम्बोधन गर्न राष्ट्रिय नीति नियम कार्यक्रममा समावेशि हिसावले सम्बोधन गर्ने ।

७. पर्वतीय सवाललाई सम्बोधन गर्न संघिय, प्रादेशिक र स्थानीय तहमा जलवायु परिवर्तनले पारेको समस्या सम्बोधन गर्न छुट्टै एक संरचना हुनु पर्ने ।

८. स्वच्छ पानीको श्रोतको संरक्षण, सम्र्बधन, उपयोग र व्यवस्थापन गर्न र जल प्रवाहमा हुने प्रदुषणलार्ई रोकथाम गर्न संयुक्त रुपमा पहल गर्ने ।

९. पर्वतीय क्षेत्रमा हुने जलवायु परिवर्तन र यसको प्रभावका बारेमा अध्ययन अनुसन्धान तथा परम्परागत प्रविधिय ज्ञान निर्माण, मुल्य मान्यता प्रवर्धन गर्न अनुसन्धान केन्द्र स्थापनाको लागि पहल गर्ने ।

१०. नेपाल पक्ष राष्ट्र भएका अन्तराष्ट्रिय सन्धी सम्झौताहरु जस्तै दिगो विकास लक्ष्य, पेरिस सम्झौता, सेन्डाइ कार्ययोजना लगायत अन्य अन्तराष्ट्रिय दस्तावेजमा जनाएका प्रतिवद्धता अनुसार स्थानीय तह सम्म स्थानीयकरणका लागि आवहन गर्ने ।

दुई दिने सम्मेलन जनसंख्या तथा वातावारण मन्त्रालय, नेपाल विज्ञापन तथा प्रविधि प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, काठमाण्डौँ विश्व विद्यालय, किर्डाक नेपालको साझेदार तथा एनसिए एमआई को समन्वयमा सम्पन्न भएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु