१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा ट्याक्टर पल्टिँयो, नवलपरासीमा किन हुन्छ धेरै दुर्घटना ?

१ कार्तिक २०७४, बुधबार ११:०२

श्याम थापा | कात्तिक १, नवलपरासी | नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ४ नर्सही स्थित गोकुलनगरमा ट्याक्टर पल्टिँदा एक युवक घाइते भएका छ्न् । 

सुस्ता गाउँपालिका वार्ड न.४ नर्सही स्थित गोकुल नगर  गाउँबाट पुर्व बिगैप बाध तर्फ जाँदै गरेको लु २ त ६९५१ नम्बरको ट्याक्टर अनियंत्रित भै पल्टिँदा बाटो छेउमा हिडिरहेको सुस्ता गाउँ पालिका वार्ड न ४ नर्सहीको जरलैया बस्ने बर्ष १८ को बिबेक गुरुङ्ग घाइते भएका हुन् । 

घाइते गुरुङ्गको उपचार सहिद स्मृति अस्पताल चौपतामा उपचार भैरहेको प्रहरी चौकी नर्सहीका ईन्चार्ज राजु पौडेलले जानकारी दिनु भएको छ । भने ट्याक्टर र ट्याक्टर चालक प्रहरी चौकी नर्सहीको नियन्त्रणमा रहेको चौकी इन्चार्ज पौडेलले बताए ।

नवलपरासीमा किन धेरै दुर्घटना हुन्छ 

नवलपरासीमा दैनिकजसो बिभिन्न दुर्घटनाको घटना भईरहेका हुन्छन् । गत आर्थिक बर्ष ०७३/७४ मा सवारी दुर्घटनाबाट नवलपरासीमा मात्र १३५ जनाले ज्यान गुमाएका थिए । प्रहरीको अनुसार गत आर्थिक वर्षमा मात्र नवलपरासीमा १८६ सवारी दुर्घटना भएका थिए । दुर्घटनामा १४६ गम्भीर घाइते भएको प्रहरी कार्यालले जनाएको छ । जसमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका थिए । १ सय ८६ दुर्घटनामध्ये १२३ मोटरसाइकल दुर्घटनामा परेका थिए ।

नवलपरासी क्षेत्रमा राजमार्गको धेरै दूरी पर्ने भएका कारण बढी दुर्घटना हुने गरेको छ । गैंडाकोटदेखि सुनवलसम्म पूर्व–पश्चिम राजमार्गको ९९ किलोमिटरको दूरी नवलपरासीमै पर्छ । लामो दूरीका भएका कारण पनि नवलपरासीमा धेरै सवारी दुर्घटना हुन्छ ।

नवलपरासीमा पनि दाउन्ने क्षेत्रमा बढी दुर्घटना हुने ट्राफिक प्रहरीको जानकारीमा छ । जिल्लाको दाउन्ने डाँडाको १४ किलोमिटर क्षेत्र र आसपासका मोडमा बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दाउन्नेमा धेरैजसो ट्रक दुर्घटना हुने गरेका छन् । ट्रक उकालो चढ्न खधोज्ने तर लोडका कारण ब्रेक फेल भई धेरै दुर्घटना हुने गरेको छ ।

नवलपरासीमा मोटरसाइकल धेरै दुर्घटना हुने गरेका छन् । प्राय घटनाहरु ओभर स्पिडले हुने गरेको छ । बसले पनि घुम्तीमा ओभरटेक गर्न खोज्दा दुर्घटना हुने गरेको छ । दुर्घटनाग्रस्त क्षेत्र भनेर स्पष्ट बोर्ड हुँदासमेत चालकले आफुलाई नियन्त्रण नगरी सवारी हाक्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन