पढ्न करिब 2 मिनेट लाग्छ

टेक शाही | कात्तिक १, डोल्पा | सर्वोच्च अदालतका प्रधान न्यायधीस गोपाल पराजुली मन्दिर दर्शनको लागि डोल्पा पुग्नु भएको छ । रोल्पामा जिल्ला अदालतको भवन उद्धघाटन गर्नको लागि कार्यक्रम तय गरेका प्रधान न्यायधिस पराजुली त्रिपूरा सुन्दरी माताको दर्शनका लागि भनेर डोल्पा पुगेका हुन ।

बुधबार विहान नौ बजे नेपाली सेनाको हेलीकोप्टरबाट त्रिपुरा सुन्दरी मन्दिरमा पुग्नु भएको भगवति दल गुल्मले जानकारी दिएको छ । प्रधान न्यायधीस पराजुलीले त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपूराकोटमा रहेको बाला त्रिपुरा सुन्दरी देबीको मन्दिरमा पुजाआजा समेत गर्नु भएको थियो ।

प्रधान न्यायधीस पराजुली बाला त्रिपुरा सुन्दरी माताको पुजा सम्पन्न गरे सुन्दर शे–फोक्सुन्डो तालको हवाई भ्रमण सुलिगार्ड ब्यारेकमा समेत पुग्नु भएको हो । प्रधान न्यायधीस पराजुलीले डोल्पाको सुन्दरताको बखान समेत गर्दै प्रकतिक सम्पदाले धनि डोल्पामा सुन्दरतै सुन्दरता रहेका समेत बतए ।

प्रधान न्यायधीस पराजुलीले डोल्पाको भ्रमण सकेर बुधबार नै रोल्पा जिल्ला स्थित जिल्ला अदालत भवन उद्घाटन गर्न रोल्पा जानुभएको प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले जानकारि दिनस भयोे ।

प्रधान न्यायधीस पराजुलीलाई डोल्पा जिल्लाका न्यायधीस रमेश प्रसाद ज्ञवाली लगाएतको अदालतको टोलीले फुलमाला सहित स्वागत समेत गरको थियो ।

प्रधान न्यायधीस सँगै उहाँकी धर्मपत्नी बसन्ता पराजुली,न्याय परिषद्का माननीय सदस्य पदम प्रसाद बैदिक र राम प्रसाद सिटौला,सुरक्षा अधिकृत प्र.ना.नी शैलेन्द्र थापा,मुख्य रजिष्टार नहकुल सुवेदी,उप–रजिष्टार यज्ञ प्रसाद आचार्य,सह रजिष्टार अच्युत कुईकेल ,न्याय परिषद्का सचिव राजन प्रसाद भट्टराई,राससका अध्यक्ष कुुलचन्द्र वाग्ले लगाएत १३ जनाको उच्च पदस्थ टोली डोल्पा पुगेको थियो ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा डोल्पा जिल्ला पर्ने गरेको स्थानिय पर्यटन ब्याबसायिहरु बताउछन ।