२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा सरकारी वकिलहरु जनप्रतिनिधीहरुद्वारा घेरिए

२०७४, १ कार्तिक बुधबार १५:१७

प्रेम सुनर | कात्तिक १, गुल्मी | आज विहान कार्यालय समय १० देखि ११ वजे सम्म  गुल्मीको जिल्ला सरकारी वकिलको कार्यालय खुल्ला थियो तर सवै कोठाका कुर्चिहरु खाली थिए । कुनै चोरले चोर्न चाहे सवै सामान चोरे पनि निकै सजिलो र एकान्त थियो । सेवाग्राही कराउन थालेको भन्ने सुईको पाउनसाथ एक जना कर्मचारी साढे ११ वजेतिर लुत्त कार्यालय छिरेका थिए । लगत्तै अर्का कर्मचारी पनि आएका थिए । 

आफु रातमा कामबाट फर्केर आउँदा थाकेको भन्दै कार्यालयमा काम गर्न आउन नमानेपछि  सरकारी वकिल रामचन्द्र उपाध्याय घिमिरेलाई घेराउ गर्न जनप्रनिधी र सेवाग्राहीहरु उनको निवास मैं  पुगेका थिए ।   र्दुई नम्वर प्रदेशको स्थानिय तहको निर्वाचनमा निर्वाचन अधिकृत भएर सप्तरीबाट हिजो साँझ  घिमिरे गुल्मी आई पुगेका थिए । 


उनलाई रेसुङ्गा नगरपालिका जनप्रतिनिधीहरुले घेराउ गरी सेवाग्राहीको काम लिएका हुन् । विहान दश वजे सरकारी वकिलको कार्यालयमा पुग्दा एक जना पनि कमचारी नपुेको र साढे ११ वजे सम्म सेवाग्राहीहरु कुरेर बसे पछि कार्यालय प्रमुखका रुपमा रहेका जिल्ला अधिवक्ता घिमिरेको खोजी गरेका थिए जनप्रतिनिधीहरुले । 

९ जना दरवन्दी रहेकोमा ५ जना कार्यरत बताईएकोमा साढे ११ वजे पछि घेराउ गरेको थाह पाएर दुईजना कर्मचारीहरु आई पुगेका थिए । जिल्ला अधिवक्ता घिमिरे आज थाकेर टाउँको दुखेर निवासमा सुत्नु भएको छ भन्ने कुरा उनै कर्मचारीबाट थाह पाउन साथ जनप्रतिनिधीहरु घेरा गर्न पुगेका थिए । जिल्ला प्रहरी कार्यालयले सवै काम सकेर मुक्त गर्न लागिएका हिरासतमा लिईएका केहि युवाहरुको सरकारी वकिलले गर्न पर्ने काम नगरे पछि तिहारका जनतालाई यसो गर्न पाईन्छ भन्दै जनप्रतिनिधीहरु आक्रोषित भएका थिए । 

विरवासमा केहि दिन घटेको सार्वाजानिक अपराधको मुद्धा लागेका युवाहरुलाई आज सरकारी वकिलले गर्न पर्ने काम नगरी दिएको भए उनिहरु तिहारभरी प्रहरी हिरासत मै बस्नु पर्ने थियो । जनप्रतिनिधीहरु रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामी, वडा नम्वर १ का अखिलेश्वरप्रसाद पाण्डे., वडा नम्वर ३ का वडाध्यक्ष थम्मन केसी ,२ का वडाध्यक्ष उदयबहादुर थापा लगायतका जनप्रतिनिधीहरु सहितका युवाहरुले घेराउ गर्दा आज दिनैभरी सरकारी वकिलको कार्यालय तनावग्रस्त बनेको थियो । स्थितीलाई सहज बनाउन दिनैभर प्रहरी तैनाथ समेत गरिएको थियो । तनावग्रस्तस्थितीलाई   नेपाली कांग्रेसका नेता श्रीप्रसाद भलामीले पनि सहज बनाउन जुटेका थिए । 

दिउँसो दुई तिन वजे सम्म पनि आफु विरामी परेर कोठामा सुतेको वाहिर निस्कन नसक्ने भन्दै  सरकारी वकिलले कर्मचारी मार्फत खवर पठाएका थिए । जनप्रनिधीहरु संग भेट गर्न  नमाने पछि जिल्ला प्रशासन कार्यालयबाट प्रशासकिय अधिकृत रामचन्द्र पन्थी निवास मै पुगेका थिए । उनले पनि ढोका लगाएर सुतेको हुँदा भेट नगरी फर्केको बताए । 

पछि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल र डिएसपी गंगाबहादुर थापा विचको समन्वयमा हिरासतमा रहेका युवाहरुलाई आजै छाड्नका लागि सरकारी वकिलले गर्नु पर्ने काम निवासबाटै गरी दिने फोन मार्फत सरकारी वकिललाई भनेका थिए । सोही अनुरुप   प्रहरीले निवास मै लगेर सरकारी वकिललाई हस्ताक्षर गराएका थिए । यस समाचारदाता संगको भेटमा सरकारी वकिलले आज आफुले केहि काम गर्न नसक्ने , आफु गाडीमा थाकेको र टाउको दुखेको हुँदा निवासमा आराम गर्ने बताएका थिए । 

उनले आज आफुले गर्न मिल्ने काम विहान आठ वजे नै गरेर प्रहरीमा पठाएको थप काम आज गर्न नपर्ने जिकिर गर्दै थिए । यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी अर्यालको प्रतिकृया माग्दा सरकारी वकिल हिजो साँझ आएको र आफुलाई टाउँको दुख्यो भनेर सुतेको जानकारी आफुले पाएको बताए । उनले सरकारी वकिलले प्रशासनलाई पहिल्लै जानकारी नगराएकोमा उनको कमजोरी बएको प्रतिकृया दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो