१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशमा शान्ति स्थापनाका लागि १६ वर्ष ६ महिनासम्म मौनव्रत

२ कार्तिक २०७४, बिहीबार १२:२९

कात्तिक २, पर्बत | वाक्कलाले पूर्ण, शिक्षित र सवल मानिस आफ्ना विचार र कुराहरु अरुलाई व्यक्त नगरीकन कतिसमयसम्म मौन वस्न सक्छहोला ?एक दिन,दुई दिन वा वढीमा एक हप्ता ! तर ,यहाँका एकजना व्यक्ति १६ वर्ष ६ महिनासम्म मौन व्रत वसी हालै मात्र बोल्न बोलेका छन् ।

सिन्धुली पुख्र्यौली घर भई मुस्ताङको कुञ्जो कागबेनीमा वसोवास गर्दै आएका बालब्रह्मचारी राम स्वरुपानन्द सरस्वती (मौन गुरु)ले २०५७ साल मंसिरदेखि २०७४ साल वैशाख २ गतेसम्म मौनव्रत लिनुभएको हो ।५२ वर्षिय बाल ब्रह्मचारी मौन गुरुले २०५७ साल मंसिर ४ गते मुक्तिनाथ मन्दिरमा देशमा शान्ति र आफूलाई आत्मज्ञान प्राप्त नहोउन्जेलसम्म मौन वस्ने संकल्प गर्नुभएको र सोही संकल्प अनुसार १६ वर्षसम्म मौनव्रत बसेको बताए ।

मौनव्रतको अविधमा आँफू देशका विभिन्न धार्मिक स्थल,सामाजिक तथा मानवीय संघसंस्था र ऐतिहाँसिक स्थलहरुको भ्रमण गरेको उनको भनाई      छ ।

भ्रमण र अध्ययनबाट जीवन र जगतलाई बुझ्ने दृष्टिकोणमा परिवर्तन आउनुका साथै संविधान सभाको निर्वाचन सम्पन्न भई देशमा नयाँ संविधान जारी भएपछि शान्ति स्थापना हुने विश्वास सहित १६ वर्षदेखिको मौनव्रत भङ्गगरी सामाजिक जीवनमा प्रवेश गरेको उनले बताए ।

बेनी बजारमा भेटिनुभएका मौन गुरुले कुरा गर्दै २०७२ सालको महाभूकम्प पछि नेपालीको मनमस्तिष्कमा सेवाभावको विकास भएको छ भने जीवनमा अशक्त, दीनदुखी र असहायको सेवा गर्दा मिल्ने स्वआनन्द संसारको कुनै धनसंग पनि तुलना हुन नसक्ने उनले बताए । उनले माओवादी यूद्धको क्रममा सरकारी र माओवादीले सुराकीको आरोप लगाएर सताउने गरेको समेत बताए । सदरमुकाम देखी ग्रामिण क्षेत्रसम्म राज्य र विद्रोही पक्षबाट निकै सास्ती र यातना दिने गरेपनि आफुँले मौनब्रत नतोडेको बताए ।

नेपालमा अव शान्ति स्थापना भैसकेको र समृद्धिको बाटोलाई पच्छ्याउँदै अघि बढ्नुको विकल्प नभएको बताउँदै मौन गुरुले भने—“आफ्नो लागि पनि सोचौं अलिकति,त्यो भन्दा बढि समाज र देशका लागि सोचौं,हामीले चाहेको शुख,शान्ति,समृद्धि र विकास हाम्रो सकारात्मक सोंच र कर्मठ पाखुरीबाट नै प्राप्त हुन्छ । अवको बाँकी जीवन दुःखी,गरिब र असहायहरुको सेवामा लगाउने प्रतिज्ञा गर्नुभएका मौन गुरुले परसेवा नै जीवनको उच्चतम् उपलब्धी भएको बताउनुभएको छ । मौनब्रत तोडेपछि आफुँले भोगेको समस्याका बारेमा समेत सुनाउँदै हिडेका छन् । धार्मिक भ्रमणमा नै ब्यस्त रहने उहाँले मौनवत्रलाई देशमा शान्ति स्थापना र नेपालीको दुखकष्ट अन्त्यको कामना समेत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए