२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशमा शान्ति स्थापनाका लागि १६ वर्ष ६ महिनासम्म मौनव्रत

२०७४, २ कार्तिक बिहीबार १२:२९

कात्तिक २, पर्बत | वाक्कलाले पूर्ण, शिक्षित र सवल मानिस आफ्ना विचार र कुराहरु अरुलाई व्यक्त नगरीकन कतिसमयसम्म मौन वस्न सक्छहोला ?एक दिन,दुई दिन वा वढीमा एक हप्ता ! तर ,यहाँका एकजना व्यक्ति १६ वर्ष ६ महिनासम्म मौन व्रत वसी हालै मात्र बोल्न बोलेका छन् ।

सिन्धुली पुख्र्यौली घर भई मुस्ताङको कुञ्जो कागबेनीमा वसोवास गर्दै आएका बालब्रह्मचारी राम स्वरुपानन्द सरस्वती (मौन गुरु)ले २०५७ साल मंसिरदेखि २०७४ साल वैशाख २ गतेसम्म मौनव्रत लिनुभएको हो ।५२ वर्षिय बाल ब्रह्मचारी मौन गुरुले २०५७ साल मंसिर ४ गते मुक्तिनाथ मन्दिरमा देशमा शान्ति र आफूलाई आत्मज्ञान प्राप्त नहोउन्जेलसम्म मौन वस्ने संकल्प गर्नुभएको र सोही संकल्प अनुसार १६ वर्षसम्म मौनव्रत बसेको बताए ।

मौनव्रतको अविधमा आँफू देशका विभिन्न धार्मिक स्थल,सामाजिक तथा मानवीय संघसंस्था र ऐतिहाँसिक स्थलहरुको भ्रमण गरेको उनको भनाई      छ ।

भ्रमण र अध्ययनबाट जीवन र जगतलाई बुझ्ने दृष्टिकोणमा परिवर्तन आउनुका साथै संविधान सभाको निर्वाचन सम्पन्न भई देशमा नयाँ संविधान जारी भएपछि शान्ति स्थापना हुने विश्वास सहित १६ वर्षदेखिको मौनव्रत भङ्गगरी सामाजिक जीवनमा प्रवेश गरेको उनले बताए ।

बेनी बजारमा भेटिनुभएका मौन गुरुले कुरा गर्दै २०७२ सालको महाभूकम्प पछि नेपालीको मनमस्तिष्कमा सेवाभावको विकास भएको छ भने जीवनमा अशक्त, दीनदुखी र असहायको सेवा गर्दा मिल्ने स्वआनन्द संसारको कुनै धनसंग पनि तुलना हुन नसक्ने उनले बताए । उनले माओवादी यूद्धको क्रममा सरकारी र माओवादीले सुराकीको आरोप लगाएर सताउने गरेको समेत बताए । सदरमुकाम देखी ग्रामिण क्षेत्रसम्म राज्य र विद्रोही पक्षबाट निकै सास्ती र यातना दिने गरेपनि आफुँले मौनब्रत नतोडेको बताए ।

नेपालमा अव शान्ति स्थापना भैसकेको र समृद्धिको बाटोलाई पच्छ्याउँदै अघि बढ्नुको विकल्प नभएको बताउँदै मौन गुरुले भने—“आफ्नो लागि पनि सोचौं अलिकति,त्यो भन्दा बढि समाज र देशका लागि सोचौं,हामीले चाहेको शुख,शान्ति,समृद्धि र विकास हाम्रो सकारात्मक सोंच र कर्मठ पाखुरीबाट नै प्राप्त हुन्छ । अवको बाँकी जीवन दुःखी,गरिब र असहायहरुको सेवामा लगाउने प्रतिज्ञा गर्नुभएका मौन गुरुले परसेवा नै जीवनको उच्चतम् उपलब्धी भएको बताउनुभएको छ । मौनब्रत तोडेपछि आफुँले भोगेको समस्याका बारेमा समेत सुनाउँदै हिडेका छन् । धार्मिक भ्रमणमा नै ब्यस्त रहने उहाँले मौनवत्रलाई देशमा शान्ति स्थापना र नेपालीको दुखकष्ट अन्त्यको कामना समेत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने