2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विधुत्तीय झिलिमिलिले कुम्हालको पेशा धरापमा

मोहम्मद ईजहार शेष | कात्तिक २, परासी | अहिले तिहार, तराई मधेसमा उज्यालोको पर्व दिपावली भनेर मनाईदै छ । तर आधुनिकता भन्दै दिपावलीमा विद्युत्तिय बत्ती र मैनबती प्रयोग गरि कस्ले आफ्नो घर धेरै भिलिमिली पार्न सक्यो भन्दै केही वर्ष यताबाट अस्वस्थ प्रतिस्पर्धा सुरु भएपछि खासगरि ग्रामीण क्षेत्रका विपन्न समुदायले खल्लो महशुस गरेका छन् । यता दिपावलीमा प्रयोग गरिने माटोका पाला बनाउने कुम्हाल जातीको पेशापनि विद्युतीय झिलिमिलीले धारासायी बन्दै गएपछि उनिहरुले चिन्ता ब्यक्त गरेका छन् ।

तश्विरमा : पाल्हीनन्दन गाउँपालिका–१ का पूर्णवाशी कोहांरले माटोको पाला बनाउदै । तस्बीरः मो.ईजहार शेष

तराई मधेसमा बसोबास गर्ने कोहांर (कुम्हाल) जात विभिन्न प्रकारका भाँडाकुँडा बनाउने पेशामा संल्गन भएका कुम्हाल जातीहरुको पेशा विस्तारै धारासायी बन्दै गएपछि उनिहरुले चिन्ता ब्यक्त गरेका छन् ।  दिपावलीमा घर उज्यालो बनाउन कुम्हालले बनाएको पाला प्रयोग नगरि पछिल्लो समय विद्युत्तीय झिलिमिलीमा सर्वसाधरणको आकर्षण भएपछि कुम्हाल जातीलाई जीवन निर्वाह गर्न गाह्रो भएको भन्दै उनिहरुले चिन्ता ब्यक्त गरेका हुन् । मधेसमा कुम्हालको सबैभन्दा बढि ब्यपार भनेकै दिपावलीको बेला हुन्छ ।  ५० वर्ष भन्दा अघिवाट माटोका विभिन्न भाडाकुडा तथा पाला बनाउदै आएका पाल्हीनन्दन गाउँपालिका वडा नं.२ हरपुरका पुर्णवाशी कोहांरले आफुहरुको पेशा दिनप्रति दिन खस्किदै गएको  दुखेसो पाख्नु भएको छ । विगतका दिनहरुमा उँहाको ब्यवसाय वर्षभरि राम्रो तरिकाले चलेपनि अहिले दंशै र तिहारको बेला समेत वर्षेनी ब्यवसाय घट्दै गएको उँहाले तितो अुनभव सुनाउनु भयो । यस्तै विगतका वर्षहरुमा दशैं र दिपावलीकै बेला माटोका पाला र अन्य भाँडा बेचेर १० क्युन्टलभन्दा बढि धान साट्ने गर्नुभएको सरावल गाउँपालिका वडा नं.६ का अयोध्या कोहांरको ब्यवसाय यतिबेला २/३ क्युन्टल धानको ब्यपारमा सिमित भएको छ । विद्युतीय झिलिमिली र मैनबत्तिको आकर्षणले आफुहरुको ब्यपार घटदै गएपछि जिवन निर्वाह गर्न गाह्रो भएको अयोध्या कोहांरले बताउनु भयो । 

तश्विरमा: सरावल गाउँपालिका–६ का अयोध्या कोहांरले माटोको पाला बेच्दै । तस्बीरः मो। ईजहार शेष

 पहिला अधिकांस घरायसी प्रयाजनका लागिसमेत माटोको भाँडाहरु प्रयोग गर्ने गरिएपनि अहिले फलाम, शिल्वर लगायतका भाँडाहरुको प्रयोग बढेको छ । बिशेष गरेर पुजन् कार्यमा प्रयोग गरिने माटाका बिभिन्न भाँडाकुँडाहरुमा कलात्मक तरिकाले बिभिन्न धार्मिक तस्बीर र चिन्हहरु कुंदिएका हुन्छन् । घरमा पुजाको लागि प्रयोग गरिने विभिन्न देवता र जनावरका मुर्तिहरु समेत माटोवाट बनाईने गरिन्छ । तर पछिल्लो समय सर्वसाधरणहरु पुजन् कार्यमा पनि, फलाम, सिमेन्ट जस्ता बस्तुवाट बनाईएका जग, मुर्ती जस्ता सामागी्रहरु प्रयोग गरेपछि उनिहरुको पेशासँगै धार्मिक कलामा समेत आँच पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते