२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काग्रेस दार्चुलाले उम्मेदवार टुंग्यायो, यसकारण नेता बडु समानुपातिकमा गए

३ कार्तिक २०७४, शुक्रबार १०:३१

लोकेन्द्र प्रशाद जोशी | कात्तिक ३, दार्चुला | नेपाली काग्रेस दार्चुलाले प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनको लागि उम्मेदवारी टुंग्याएको छ । दार्चुलाबाट सिफारीस भएका नामहरुमा काठमाण्डौमा लामो छलफलपछि काग्रेसले नाम फेरबदेल गर्दै उम्मेदवारी टुंग्याएको हो । 

दार्चुलाबाट प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ सिफारिस भएका काग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडु समानुपातिकमा गएका छन् । काग्रेसले प्रतिनिधि सभाको लागि महाधिवेशन समिति सदस्य विक्रम सिह धामीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । धामीलाइ काग्रेस दार्चुलाले प्रतिनिधि सभाको लागि समानुपातिक र प्रदेश सभा अन्तर्गत क्षेत्र नम्बर २ को लागि प्रत्यक्षमा सिफारिस गरेको थियो । 

तश्विरमा क्रमश: १. दिलेन्द्र प्रसाद बडू, २. जगदिस पाल, ३. ललितसिंह बोहोरा, ४. मदन गिरी 

यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ को लागि काग्रेस पार्टी सभापति ललितसिह बोहरा र क्षेत्र नम्बर २ को लागि जगदीश बहादुर पालको नाम टुंगो लागेको छ । साथै प्रदेश सभा समानुपातिकतर्फ नन्दा वम र मदन गिरीको नाम टुंगो लागेको काग्रेसले जनाएको छ । 

नेता बडु यस अघि संविधान सभा निर्वाचन २०६४ मा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मणदत्त जोशी र ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा एमालेका उम्मेदवार गणेशसिह ठगुन्नासँग पराजीत भएका थिए । यस पटक प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएपनि एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेपछि बडु प्रत्यक्षबाट पछि हटेका हुन् । जिल्लामा एमाले र माओवादी मिल्दा काग्रेस पराजीत हुने अवस्था आएपछि बडुले सुरक्षित अवतरण गर्न समानुपातिकमा गएका हुन् । 

पटक पटक जिल्लाबाट निर्वाचित हुँदा मन्त्री बनेपनि बडुले पछिल्लो संविधान सभाको लागि भएका निर्वाचनमा पराजय व्यहोरेका थिए । काग्रेस कार्यकर्तामा स्थानीय तह निर्वाचनमा दार्चुलामा बहुमत स्थान जितेका छन् । जिल्लाका ९ तह मध्ये ५ तहमा प्रमुख र ४ तहमा उपप्रमुख विजयी भएका थिए । तर बाम गठबन्धन बनेपछि काग्रेस पार्टीमा प्रवक्ता समेत रहीसकेका, बर्तमान केन्द्रीय कार्यसम्पादन समिति सदस्य बडु पछि हटेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य