१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्हैपीमा गोली काण्डको मुख्य डिजाइनर २३ वर्षीया युवती !

५ कार्तिक २०७४, आईतवार १३:१४

कात्तिक ५, काठमाडौं । आइतबार बिहान काठमाडौंको म्हैपीमा गोली चल्दा एकजना घाइते भएको घटनाकी मुख्य डिजाइनर २३ वर्षीया युवती रहेको रहश्य खुलेको छ । गोली प्रहारमा संलग्न रहेकोमा प्रहरीले चार जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रहरीले चितवन सौराहा घर भई अहिले काठमाडौं महानगरपालिका १६ मा पर्ने कुमारी क्लब छेउमा डेरा गरी बसेकी २३ वर्षीया सविना क्षेत्रीलाई गोली काण्डको मुख्य डिजाइनर रहेको खुलेको हो । त्यसैगरी पक्राउ पर्नेहरुमा नुवाकोटको खानीगाउँ ४ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३५ वर्षीय नवराज लामिछाने, काठमाडौं महानगरपालिका १२ का अन्दाजी ३१ वर्षीय सुरेन्द्र शाही र काठमाडौंको स्वयम्भू बस्ने वर्ष ३६ का असुन गुरुङ छन् ।


पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी प्रमुख रविन्द्रकुमार धानुकले दिएको जानकारी अनुसार सविनालाई जिस्काएको आरोपमा असुनले गोर्खा लाप्राक ४ घर भई हाल काठमाडौं बस्ने २८ वर्षीय कल्याण गुरुङलाई गोली हानेका हुन् । गुरुङको गोलीगाँठो भन्दा माथिपटि्ट गोली लागेको छ ।

प्रहरीका अनुसार गोलीकाण्डकी मुख्य योजनाकार सविना हुन् । आइतबार बिहान साढे तीन बजेतिर ठमेलस्थित एक डान्सबारबाट सविना क्षेत्री बाहिरिइन् । डान्सबारबाट सँगै निस्किएका अरु केही युवाहरुले उनलाई पछ्याए । 

आफूलाई जिस्काएको भन्दै उनले असुनलाई टेलिफोन गरेर बोलाइन् । त्यसपछि कार चढेर आएका असुनले बा ५७ प ६९५७ नम्बरको स्कुटरमा सवार कल्याणलाई गोली हानेको प्रहरीको भनाइ छ । घटनालगत्तै परिचालित प्रहरीले नयाँबजारबाट असुनलाई पक्राउ गरेको छ । उनलाई ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए