2026-07-25 06:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्हैपीमा गोली काण्डको मुख्य डिजाइनर २३ वर्षीया युवती !

कात्तिक ५, काठमाडौं । आइतबार बिहान काठमाडौंको म्हैपीमा गोली चल्दा एकजना घाइते भएको घटनाकी मुख्य डिजाइनर २३ वर्षीया युवती रहेको रहश्य खुलेको छ । गोली प्रहारमा संलग्न रहेकोमा प्रहरीले चार जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रहरीले चितवन सौराहा घर भई अहिले काठमाडौं महानगरपालिका १६ मा पर्ने कुमारी क्लब छेउमा डेरा गरी बसेकी २३ वर्षीया सविना क्षेत्रीलाई गोली काण्डको मुख्य डिजाइनर रहेको खुलेको हो । त्यसैगरी पक्राउ पर्नेहरुमा नुवाकोटको खानीगाउँ ४ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३५ वर्षीय नवराज लामिछाने, काठमाडौं महानगरपालिका १२ का अन्दाजी ३१ वर्षीय सुरेन्द्र शाही र काठमाडौंको स्वयम्भू बस्ने वर्ष ३६ का असुन गुरुङ छन् ।

पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी प्रमुख रविन्द्रकुमार धानुकले दिएको जानकारी अनुसार सविनालाई जिस्काएको आरोपमा असुनले गोर्खा लाप्राक ४ घर भई हाल काठमाडौं बस्ने २८ वर्षीय कल्याण गुरुङलाई गोली हानेका हुन् । गुरुङको गोलीगाँठो भन्दा माथिपटि्ट गोली लागेको छ ।

प्रहरीका अनुसार गोलीकाण्डकी मुख्य योजनाकार सविना हुन् । आइतबार बिहान साढे तीन बजेतिर ठमेलस्थित एक डान्सबारबाट सविना क्षेत्री बाहिरिइन् । डान्सबारबाट सँगै निस्किएका अरु केही युवाहरुले उनलाई पछ्याए । 

आफूलाई जिस्काएको भन्दै उनले असुनलाई टेलिफोन गरेर बोलाइन् । त्यसपछि कार चढेर आएका असुनले बा ५७ प ६९५७ नम्बरको स्कुटरमा सवार कल्याणलाई गोली हानेको प्रहरीको भनाइ छ । घटनालगत्तै परिचालित प्रहरीले नयाँबजारबाट असुनलाई पक्राउ गरेको छ । उनलाई ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक