२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

प्रतिनिधिसभा र प्रदेशसभाका लागि दार्चुलामा उल्लासपूर्ण उम्मेदवार मनोनयन दर्ता

५ कार्तिक २०७४, आईतवार १४:२४

लोकेन्द्र प्रशाद जोशी | कात्तिक ५, दार्चुला । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरुले आइतबार उल्लासपूर्ण रुपमा मनोनयन दर्ता गराएका छन् । दार्चुलामा वाम गठबन्धन र नेपाली काग्रेसले र्याली जुलुससहित उम्मेदवार मनानेयन गराएका हुन् । बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि नेकपा एमालेका केन्द्रीय सदस्य एवं निर्वतमान सांसद गणेशसिह ठगुन्नाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । 

यस्तै प्रदेश सभाका लागि बाम गठबन्धनबाट दार्चुला निर्वाचन (क) बाट नेकपा एमालेबाट उद्योग व्यवसायी गेल्बुसिह बोहार र (ख) बाट नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मानबहादुर धामीले मनोनयन दर्ता गरेका छन् । निर्वाचन क्षेत्र क बाट उम्मेदवार बन्नुभएका बोहरा लामो समयदेखि उद्योग व्यवसायीको रुपमा चिरपरिचित छन् । यस्तै क्षेत्र नम्बर ख बाट उम्मेदवार बन्नुभएका धामी माओवादीका पूर्व लडाकु कमाण्डर एवं जिल्ला इन्चार्ज हुन । नेपालको दश वर्षे जनयुद्ध देखि नै लडाकु कमाण्डर हुँदै शान्ति प्रक्रियापछि धामी खुला राजनीतिमा आएका हुन् । बैचारिक नेताको रुपमा परिचित धामी नौगाड गाउँपालिका २ का बासिन्दा हुन् ।

 

यस्तै नेपाली काग्रेसको तर्फबाट महासमिति सदस्य विक्रमसिह धामीले प्रतिनिधि सभाको लागि मनोनयन दर्ता गरेका छन् । यस पटक नेपाली काग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुले प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवार बाट पछि हटेपछि धामी उम्मेदवार बनेका हुन् । केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन बनेपछि बडु सुरक्षित अवतरणको लागि समानुपातिकमा सिफारिस भएका हुन् । विपक्षी वाम गठबन्धनले पूर्व मन्त्री समेत रहेका बडु चुनावी मैदानबाट भागेको आरोप लगाएका छन् । 

यस्तै काग्रेसको प्रदेश सभाको क क्षेत्रको लागि काग्रेस पूर्व महासमिति सदस्य मदन गिरीले उम्मेदवार मनोयन गरेका छन् । भने ख क्षेत्रको लागि काग्रेस जिल्ला कार्य समिति सदस्य एवं पूर्व सुदूरपश्चिम विकास आयोगका अध्यक्ष जगदीश बहादुर पालले उम्मेदवारी दर्ता गरेका छन् । 


यसैगरी दार्चुलाबाट प्रतिनिधि सभाको लागि नयाँ शक्ति नेपाल पार्टीबाट जितेन्द्रसिह महराले उम्मेदवारी मनोनयन गरेका छन् । भने क्षेत्र नम्बर क बाट नन्दनसिह महर र क्षेत्र नम्बर ख बाट बहादुरसिह ठगुन्नाले उम्मेदवारी मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै जिल्लाबाट रघुबीरसिह ठगुन्नाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अखण्ड नेपाल पार्टीको केन्द्रीय सदस्य समेत रहेका ठगुन्नाले स्वतन्त्र रुपमा प्रदेश सभाको क्षेत्र नम्बर ख को लागि उम्मेदवारी दर्ता गरेका हुन् । यसैगरी राष्ट्यि जनमोर्चाका जिल्ला अध्यक्ष मनबीर दमाइ प्रतिनिधि सभा र प्रदेश सभाको क क्षेत्रको लागि मदन दमाईले उम्मेदवारी दर्ता गरेका छन् । 

यस्तै जिल्लामा पहिलो पटक जनसमाजवादी पार्टीले समेत उम्मेदवारी दर्ता गरेको छ । जसअनुसार प्रतिनिधि सभाको लागि धनबहादुर कुवरले मनोनयन दर्ता गरेका छन् । यस्तै क्षेत्र नम्बर क बाट मनोजराम दमाइ र क्षेत्र नम्बर ख बाट हरीभानसिह ठगुन्नाले उम्मेदवारी मनोनयन गरेको सहायक मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद भुषालले जानकारी दिनुभयो ।


दार्चुमा प्रतिनिधि सभा र प्रदेश सभाको लागि ३८ हजार ९ सय २७ महिला र ३९ हजार ५ सय ५८ जना पुरुष गरी कुल ७८ हजार ५ सय १२ जना मतदाता रहेका छन् । प्रदेश सभाको लागि क्षेत्र नम्बर क मा ४४ हजार ९ सय ८१ र क्षेत्र नम्बर ख मा ३३ हजार ५ सय ३१ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य