2026-08-27 07:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रतिनिधि र प्रदेशसभा निर्वाचनले खोटाङमा चुनावी रौनक बढायो

चिसाङ शेर्पा | कात्तिक ५, खोटाङ | मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि खोटाङमा दश दलले उम्मेदवारी दिएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङमा मनोनयन दर्ता गराउँने पार्टीहरुमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेकपा (माले), राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ती पार्टीबाट र मङ्गोल नेश्नल अर्गनाइजेशन रहेको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस किशोर घिमिरेका अनुसार एमालेबाट प्रतिनिधिसभाका लागि विशाल भट्टराईको उम्मेद्वारी परेको छ । माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको एमालेले प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट राजन राई र क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका रामकुमार राई (पासाङ)को उम्मेदवारी दर्ता भएको छ ।

प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कांग्रेसबाट प्रतिनिधिसभाका लागि सरस्वति बजिमय र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट सुवाशकुमार पोखरेल र क्षेत्र नम्बर २ बाट बिष्णुकुमार राईले उम्मेद्वारी दर्ता गराउनुभएको छ । 

संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभाका लागि डाक्टर कृष्णकुमार राई र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट नविन राई र क्षेत्र २ बाट टंक थापाले उम्मेदवारी दिनुभएको छ । नयाँ शक्ति नेपालबाट प्रतिनिधिसभाका लागि मदन राई तथा प्रदेशसभामा क्षेत्र नम्बर १ बाट मोहन गुरुङ र क्षेत्र नम्बर २ बाट मणि राईको उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ । 

राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभाका लागि विश्वास राई, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट धर्मराज पोखरेल र राष्ट्रिय जनमुक्ती पार्टीबाट गोकर्ण राईले उम्मेदवारी दिनुभएको छ । नेकपा मालेबाट क्षेत्र नम्बर १ बाट नेत्रबहादुर कटुवाल र क्षेत्र नम्बर २ बाट कुलप्रसाद शर्मा फुयाँलले उम्मेद्वारी दर्ता गराउनुभएको छ । मालेबाट प्रतिनिधिसभाका लागि उम्मेद्वारी परेको छैन । 

मङ्गोल नेश्नल अर्गनाइजेशनबाट बीरलाल राईले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएको छ । जिल्लामा चुनावी तालमेल गरेको एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको उम्मेद्वारमा एमाले र माओबादी केन्द्रले प्रदेश सभामा राजन राई र रामकुमार राई रहेका छन् भने प्रतिनिधी सभाका लागि बिशाल भट्टराईलाई उम्मेद्वारी बनाई एक र दुई सिट बाँडफाट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’