१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा सुनचाँदी ब्यापारको हत्यामा संलग्न ४ अभियुक्त पक्राउ

७ कार्तिक २०७४, मंगलवार ०४:३३

सरोज यादव | कात्तिक ७, सर्लाही | सर्लाहीको हरिपुर नगरपालिकामा रहेको पिडारी बजारका सुनचाँदी व्यवसायी सुनिल साहको हत्यामा संलग्न ४ जना अभियुक्त पक्राउ परेका छन् । सोमवार जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरि २७ वर्षका सुनचाँदी व्यापारी साहको हत्यामा संलग्न मध्ये ४ जनालाई पक्राउ गरि सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा, बरहथवा नगरपालिका – १६ गंगापुरका वर्ष २३ का कृष्ण साह, सोहि ठाउका वर्ष २५ का प्रभुनारायण महतो कविलासी नगरपालिका – १ पिपरिया वर्ष २१ का भोला मण्डल र लालबन्दी नगरपालिका – २ नेत्रगन्ज ( पुरनवास ) वर्ष २७ का  प्रकाश पासवान पक्राउ परेका हुन् ।

पक्राउ परेका ४ अभियुक्त मध्ये एक २३ वर्षे कृष्ण साह पनि पिडारी बजारमै सुनचाँदी ब्यापार गर्ने ब्यपारी हुन । उनले नै सुनिल साहको हत्या गराएको प्रहरिको एक प्रारम्भिक अनुसन्धान बाट पुष्टी भएको छ । सुनिलको ब्यापार राम्रो चलेको र हत्यारा कृष्ण साहको नचलेको कारण उनलाई आफुले हत्या गराएको प्रहरी समक्ष बयान दिएका छन् ।

गत असोज २४ गते साँझ हरिपुर नगरपालिकामा पर्ने पिडारी बजारमा रहेको सुनचाँदी पसल बन्द गरेर बुवा नागेन्द्र साहसँगै पसलमा रहेका गरगहना लिइ कविलासी नगरपालिकामा पर्ने पिपरियामा रहेको घर फर्किने क्रममा साहको गोली हानी हत्या गरिएको थियो ।

मृतक सुनिल साहका आफन्तले हत्यामा संलग्न अन्य अभियुक्तहरुलाई पनि तत्काल पक्राउ गरि कानुनी कारवाही गर्न माग गरेका छन् । मृतक बुवा नागेन्द्र साहले घटनाको सत्यतथ्य पत्ता लगाई अभियुक्तहरुलाई कडा कारवाहीको माग गरे ।

घटनामा संलग्न मुख्य योजनाकार र अन्य केही अभियुक्तहरु अझै फरार रहेका र उनीहरुको खोजी भैरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड