२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपाको युवा संघ अध्यक्षसहित नेताहरु माओवादी केन्द्रमा प्रवेश

२०७४, ७ कार्तिक मंगलवार ०७:४२

कात्तिक ७, काठमाडौं | राष्ट्रिय जनता पार्टी (राजपा) सम्बद्ध तराई मधेस स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेल, महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पटेल, तराई मधेस विद्यार्थी फन्टका नेता सन्देश पटेललगायतका नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

युवा नेताहरु मंगलबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । राजपाका युवा नेताहरुको माओवादी केन्द्रमा प्रवेशसँगै अधिकांश केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी रहेको र त्यसका लागि छुट्टै पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने नेता पटेलले जानकारी दिनुभयो ।

माओवादी केन्द्र प्रवेश गर्दै संघका केन्द्रीय अध्यक्ष अजय पटेलले राजपाले मधेसका मुद्दा सत्ता स्वार्थसँग साटेको, मधेसी जनतालाई आन्दोलनका नाममा धोका दिएको, राष्ट्रिय एकता कमजोर बनाएको, पार्टीलाई आफ्ना परिवारको भर्ती केन्द्र बनाएकाले आफूले राजपा छोडेको बताउनु भयो । ‘राष्ट्रिय एकताको पक्षधर एवं मधेसी अधिकारका पक्षमा लड्ने एक मात्र पार्टी माओवादी भएकाले म माओवादी केन्द्रमा आएको हुँ’ नेता पट्टेलले भन्नुभयो ।

पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेसी जनताले क्रमशः माओवादी केन्द्र नै देशको एकता, आर्थिक समृद्धि र मधेसको अधिकारका पक्षमा लड्ने पार्टी भएको बुझ्दै गएको बताउनु भयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अन्ततः माओवादी नै देशको हित र मधेसीको अधिकार चाहने शक्ति भएको जनताले बुझ्दै गएका छन् । तपाईहरुको माओवादी प्रवेशले राष्ट्रिय एकता बलियो बनाउन र परिवर्तनको पक्षमा अघि बढ्न थप बल मिलेको छ । आज पार्टीमा प्रवेश गर्ने साथीहरुलाई हामी उचित जिम्मेवारी दिनेछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से