Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मिथिलांचलमा छठको रौनक, आज पहिलो दिन ‘नहाय–खाय’

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित | कात्तिक ७, सिरहा | श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत रुपमा सुरु भएको छ । कात्र्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपुर्वक मनाइने छठ पर्व आज (मंगलवार) ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो । पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीमा ‘नहाय–खाय’ भन्ने गरिन्छ । पर्वको दोस्रो दिन बुधबार पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाई ‘खरना’ विधि गर्ने गर्छन । त्यस्तै, विहिबार संध्याकालिन र शुक्रबार प्रभातकालिन सुर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्र्ब बिधिवत रुपमा समापन हुनेछ ।

पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझमा अस्ताउँदै गरेका सूर्यलाई अघ्र्य दिने गरिन्छ । त्यस्तै, सप्तमीका दिन बिहान उदाउँदै गरेका सूर्यलाई अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुनेछ ।

छठ पर्वका लागि पूजा सामग्री र नवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफुल, कोसिया कुरवार लगायतका पुजा सामग्रीहरुले सूर्यलाई अघ्र्य दिने प्रचलन रहेको छ ।

निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिएको जनविश्वास रहेको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने मान्यता रहेको छ । सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व अब अन्य जाति एवं राजधानी लगायत पहाडमा पनि मनाउन थालेका छन् ।

मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्ड सहितका जलाशयहरु मनमोहक ढङ्गले सिङ्गारिने क्रम चलिरहेका छन् । छठ पर्वको तयारी सिरहा सहित बिभिन्न जिल्लाहरुमा जोरतोरले भईरहेका छन् । जलाशय सजाउनुको साथै घरघरमा पर्वको तयारी चलिरहेको । छठ पर्व सुरुवात संगै टोल टोलमा छठको गीतहरु गुञ्जिरहेकोले मिथिलांचल क्षेत्र छठमय बनेको छ । उता, छठ पर्वका लागि विभिन्न प्रसाद सामग्री खरीद गर्न बजारमा भीड लागेको छ ।

केराको व्यपारमा वढ्यो

छठ पर्वका अवसरमा स्थानीय बजारहरुमा केराको कारोबारमा बृद्धि भएको छ । सिरहाको मिचैया, गोलबजार, धनगढी, लहान, बन्दिपुर, भगबानपुर, लगायतका वजारहरुमा केराको कारोबार बढेको छ । यस क्षेत्रमा केराको अभाव भएकोले ट्रकमा लोड गरेर कोशी पारी र भारतबाट केरा ल्याएर बिक्री गर्दै आएको ब्यापारीहरुले बताएका छन् ।