2026-08-27 06:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यादी मोह: रहर कि बाध्यता ? (फोटोफिचर)

चिसाङ शेर्पा/कात्तिक १०, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका वडहरे–४ का विश्वास दाहाल काठमाण्डौ पशुपती कलेजमा व्यवस्थापन संकाय प्रविणता प्रमाणपत्र तह उतिर्ण गरी विविएस पहिलो वर्षको अध्ययनलाई थाँती राखेर म्यादी प्रहरीमा उतिर्ण हुन विहिवार अन्तरवार्ता दिएका छन् । 

२३ वर्षिय दाहाल वावा आमाले नजानु भन्दाभन्दै दिक्तेल म्यादी प्रहरी भिड्नका लागि आएका हुन् ।  देशको सुरक्षा गर्ने सोच बनाएका दाहाल म्यादी प्रहरीमा आफ्नो नाम नआए निराश हुने बताए । नाम आएमा ४५ दिनमा कमाएको पैसाले खेती किसान गर्ने वुवा आमालाई केही सुख दिने संकल्प गरे ।

सोही, नगरपालिका महादेवस्थान–७ का राहेल राईको म्यादी मात्रै नभई जिवनभर नेपाल प्रहरीमा रहेर राज्यको सेवा गर्ने अठोट छ । दिक्क्तेल वहुमुखी क्याम्पसवाट प्रविणता प्रमाणपत्र उतिर्ण गरेकी राईको मुख्य सपना प्रहरी वन्नु हो । उनलाई नेपाल प्रहरी मनपर्ने पेशा रहेको वताईन् । उनी भन्छिन ‘प्रहरी भएर जागिर नखाए पनि म्यादीवाट केही अनुभव वटुल्न चाहान्छु ।’

वाहुनीडाडाँ– १ का सन्दिप राई एसएलसी पास गरी गतवर्ष काठमाण्डौ कोरियन भाषा परिक्षा पढ्न गए । भाषा परिक्षा अनुतिर्ण भएपछि गाउँमै वसेका उनी वर्षले १९ पुग्दै छन् । उनी म्यादीमा करले भन्दा नि रहरले आएका हुन् । अन्तरवार्ता तथा लिखित परिक्षामा राम्रो फेस गरेका उनी नाम निस्कनेमा ढुुक्क छन् । नाम ननिस्के पुनः कोरियन भाषा पढ्न जान्छु  । उनले भने, ‘म्यादी वन्न रहर भएकाले प्रर्तिस्पर्धामा  आएको छु ।’

रुपाकोट मझुवागढी नगरपालिका जालपा–१२ सर्सकाका २२ वर्षिय रुष्मा राई सरस्वती उच्च माविमा कक्षा ११ को अध्ययन छोडेर म्यादी प्रहरी हुने शोखमा दिक्तेलमा वसेर शाररिक तन्दुरुस्ती उतिर्ण पश्चात जिल्ला प्रहरी कार्यालयको पुरानो क्याम्प हाटडाडाँमा अन्तरवार्ता दिएकी छन् । तातो घाममा लाईन वसेर अन्तरवार्ता दिएका उनी आफ्नो नाम निस्कीए खुशी हुने बताए । उनले भने ‘नाम निस्किए कमाएको पैसा पढाईमा लगानी गर्ने थिए ।’

नगरपालिकाकै खार्मी–११ साबु्र पुछार वस्तीका विभासरी राई प्लस टु अध्ययन सकेर वन रक्षक पढ्दा–पढ्दै म्यादी प्रहरी वन्न दिक्क्तेल आएका हुन् । घरकी काईली छोरी राई वर्षले २२ वर्षका हुन् । म्यादी प्रहरीमा जागिर खान पाए त्यो पैसाले वन रक्षक पढाईलाई थप मजवुत बनाउँने बताईन् । ‘वुवा–ममीकोे पनि पैसा कहाँवाट आउँछ र ? यहि जागिर खान पाए त केही दुख टर्ने थियो ।’

आगामी मंसिर १० गते हुने आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सुरक्षा र सहयोगका लागी खोटाङमा ९ सय ८२ जना म्यादी प्रहरीको माग हुंदा २ हजार २१ जनाको आवेदन परेको थियो । आवेदनमा १५ सय ७९ पुरुष तथा ४ सय ४२ महिलाको आवेदन परेको छ । भुपु सुरक्षाकर्मी ७, पुर्व म्यादी प्रहरीको ३ सय ८६ समेतले आवेदन दिएका थिए ।

व्यारिङ चेकवाट ६२ जना वाहिरिएसंगै ३ सय २५ अनुपस्थित तथा शाररिक तन्दुरुस्तीमा १ सय १९ अनुतिर्ण भएको प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताए । थापाका अनुसार १५ सय १५ जनाको विहिवार अन्तरवार्ता सकिएको छ । शुक्रवार १२ वजेभित्र नतिजा प्रकाशन गर्ने तयारी छ । नतिजा जिल्ला प्रशासन तथा प्रहरी कार्यालयमा टाँस गरिने छ ।

माग संख्या उतिर्णसंगै म्यादी प्रहरीलाई आईतवारदेखी १२ दिन सामान्य ट्रेनिङ प्रदान गरिने छ । कार्तिक २५ वाट म्यादी प्रहरीलाई सम्बन्धीत स्थलमा खटाईने डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’