2026-09-19 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिर्तामोड घटना: के थियो घटना निहुँ ?

कात्तिक ११, झापा । बिर्तामोडमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । 

अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको मृत्यु शंकास्पद भएको घटनामा आफन्तले दिएको उजुरी प्रहरी अनुसन्धान अपूरोे भएको भन्दै आफन्त र गाउँलेले बिर्तामोडमा निकालेको विरोध र्‍याली हिंसामा परिणत भएको हो ।


अनिश्चितकालीनकफ्र्यु आदेश

परिवार र गाउँलेले निरन्तर आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले शुक्रबार अपराह्नदेखि बिर्तामोडको दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । प्रदर्शनकारीले कफ्र्यु उल्लंघन गर्दै यान्त्रिक कार्यालयमा आगजनी गरेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रमुखको घरमा तोडफोड र आगजनी

प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनीको प्रयास र विर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार सिवाकोटीको घरमा तोडफोड गरेका छन् । घरको कम्पाउन्डभित्र राखिएको विर्तामोड नगरपालिकाको मे१ज १२१ र नगर प्रमुख सिवाकोटीको निजी बा१०च ३०६१ नम्बरको गाडी तोडफोड गरिएको छ । उनको घरमा पार्किङ गरेर राखिएको मे७प ३००० मोटरसाइकलमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

के थियो घटना निहुँ ?

विजयादशमीका दिन बिहान १४ असोजमा आफन्तको घरमा जुत्ता लिन गएका ११ वर्षीय सिवाकोटीको शव भोलिपल्ट बिहान विर्तामोड नगरपालिका–१ को बैसाबाडीमा फेला परेको थियो । शरीरका विभिन्न भागमा चोट देखिनुका साथै अन्डकोष काटिएको अवस्थामा शव फेला परेपछि आफन्त र गाउँलेले घटनालाई हत्या भन्दै गम्भीर छानबिनको माग गर्दै आएका थिए ।

बालकको मृत्यु प्रकरणमा विर्तामोड – ५ का सुरेश पोखरेल र उनका परिवारका आठजना सदस्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको थियो । प्रहरीले शुक्रबार सबै आरोपीलाई अदालतमा बुझाउने तयारी गर्दा विरोध हिंसामा परिणत भएको हो । बालकको शंकास्पद मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको भन्दै मृतकका आफन्त र स्थानीयवासीले बिहीबार मात्रै संघर्ष समिति गठन गरेर आन्दोलन थालेका थिए ।

प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान नगरी आरोपीलाई अदालतमा पेस गर्ने तयारी गरेको भन्दै आफन्त र गाउँलेले शुक्रबार विर्तामोड बन्दको आह्वान गरेका थिए । बन्द सफल पार्ने अभियानस्वरूप निकालिएको विरोध जुलुसमा प्रहरीले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।

गृहद्वारा छानबिन समिति गठन

बिर्तामोड घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो । – नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई