Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिशूली बस दुर्घटनाः मृतकको संख्या ११ पुग्यो, ३० जना हराएको अनुमान

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ११, धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

उनीहरुको परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय गजुरी प्रहरीले जनाएको छ । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४ ६७ नम्बर बस गजुरी नजिकै घाटबेसीको बाँङ्गेमोड भन्ने ठाउँबाट त्रिशूलीमा खसेको हो । प्रहरी र सेनाको गोताखोरले नदीमा डुबेको गाडी भित्र पसेर खोजी गरिरहेका छन् ।

बस नदीमा खस्दा घाइते भएका १५ जनाको उद्धार गरिएको छ । ५५ जनाले टिकट काटेर चढेकाले अझै ३० जना हराइरहेको आशंकामा खोजी तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

घाइते १३ जनाको गजुरी अस्पतालमा उपचार भैरहेको छ भने दुईजनालाई काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।