2026-10-29 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

राँको वालेर पानी बोक्ने मुसिकोटवासीलाई अब तल खोलाको पानी माथी डाँडामा

प्रेम सुनार/कात्तिक ११, गुल्मी । राती दुई बजे उठेर राँको बाल्दै पँधेरोमा जानु र विहान ८ देखि १० वजे तिर एक गाग्रो पानी लिएर आउनु गुल्मी मुसिकोट गाउँका जनताको सदिऔं देखिको समस्या हो । 

हाल मुसिकोट नगरपालिका वडा नम्वर २ मा पर्ने साविकको मुसिकोट गावासिको  बुढाथोक टोलको दलित बस्ती , देउराली, अर्सौंदी, पात्लाकोट लगायतका सयौं घरधुरीले सदियौं देखिको त्यही विकाराल समस्याको अव दिर्घकालिन समधान हुँदैछ  ।

नेपाल सरकार, फिनडा सरकार, मुसिकोट नगरपालिका र उपभोक्ताको श्रमदान सहित १ करोड ३३ लाख लागतमा जलकुने सौरपाटा लिफ्टीङ्ग सिस्टम खानेपानी योजनाको काम यति वेला धमाधम सुरु गरेका छन स्थानियवासीले । उपल्ला गराको पानी तल्ला गरामा जान्छ तल्ला गराको पानी उपल्ला गरामा कहिल्लै जान्न भनेर उखान हाल्ने बुढापाकाहरु नै यति वेला तल खोलाको पानी माथी डाँडामा ल्याउन श्रमदान गरिरहेका छन् ।

१ सय ६५ घरधुरी, त्यहाँको शैक्षिक संस्था, वडा कार्यालय मातहतका अन्य कायालय सहित करिव ९ सय २९ जना लाभान्वित हुने उपभोक्ता समितिका सहसचिव महेन्द्र घिमिरेले बताए । लाभान्वित हुने साविको मुसिकोट वडा नम्वर ५, ८ र ९ का जनता यति वेला माथी श्रृङ्गामा गिटी फोर्न जुटेका छन् । खानेपानी घर घरमा आउने खुशीले जनता स्वतस्फुर्त घरबाट निस्केर जनश्रमदानमा जुटेको घिमिरेले बताए ।

घिमिरेको अनुसार उक्त योजना आगमी वर्षको असार मशान्त सम्म सम्पन्न हुने र सदियौं देखिको खानेपानी समस्य समधान हुने छ । त्यस गाउँमा त्दुई दशक अघि गार्डेप भन्ने संस्थाले आकाशे पानी संकल घैटा बनाएर केहि सहुलियत प्रदान गरेको थियो । त्यो प्रभावकारी हुन सकेन् । पछि ह्वाङ्गदी नेटा दर्लिङ्ग, पौदीअमराई मुसिकोट बडागाउँ खानेपानी योजना ल्याईयो ।

त्यसले पनि थेक्न सकेन । उक्त योजनाको पानी  मर्मत सम्भारको अभावमा नियमित हुन सकेन । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले अव उक्त योजनाको पनि मर्मत सम्भार गरिने, मुसिकोट लगायत साविकको बडागाउँ, पौदीअमराई लगायतका अन्य डाँडालाईनमा पनि विकराल खानेपानीको समस्या समधान गर्न अरु लिफ्टीङ्ग सिस्टम खानेपानी योजनाहरु पारिएको बताए । 

उक्त नगरपालिकाका करिव २३ हजार भन्दा बढि जनसंख्या मध्ये दोव्वर बढि जनता माथी डाँडालाईनमा बस्छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ