२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा स्वतन्त्र राजनीतिक समुहद्वारा जनसभा सम्पन्न

११ कार्तिक २०७४, शनिबार ११:४६

श्याम थापा/कात्तिक ११, बेलाटारी । स्वतन्त्र राजनीतिक समूह द्वारा जनसभा कार्यक्रम प्रतापपुर गाउँपालिकाको बेलाटारीमा सम्पन्न भएको छ । 

स्वतन्त्र राजनीतिक समूह का नेता एवम् साबिक बैदौली गा बि स का पुर्व गा बि स अध्यक्ष रामपृत यादवको अध्यक्षयतामा र स्वतन्त्र राजनीतिक समुहका नेता एवम् पुर्व भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री हृदयेश त्रिपाठीको प्रमुख अतिथ्यतामा भएको जनसभा कार्यक्रममा नेता हृदयेश  त्रिपाठीले जनसभा कार्यक्रमको सम्बोधन गर्नु भएको थियो । 


जनसभा कार्यक्रममा नेता त्रिपाठीले सम्बोधन गर्दै मधेसीहरुको माग ने क पा एमाले पार्टी बाहेक अरु कुनै पार्टीले नगर्ने बताए । साथै नेता त्रिपाठीले जनसभामा सहभागी भएका कार्यकर्ता तथा मतदाताहरुलाई सुर्य चुनाव चिन्हमा छाप लगाई स्वतन्त्र राजनीतिक समुहका उम्मेदवारहरुलाई बिजय बनाउन आग्रह पनि गर्नु भएको थियो । 

त्यसैगरि स्वतन्त्र राजनीतिक समुहका नेता बृजेश लाल गुप्ताले मधेसलाई बचाउनको लागि हामीहरूले ने क पा एमाले संग मिल्न परेको बताउनु भयो । नेता गुप्ताले यो पनि भन्नू भयो कि जब सम्म यो देशमा नेपाली काङ्ग्रेस पार्टीको सरकार रहन्छ तब सम्म मधेसी जनताहरुको हक अधिकार तथा माग पूरा नहुने बताउनु भयो । 

सो जनसभा कार्यक्रममा करिब ३०० जनाको उपस्थिति रहेको थियो । भने जनसभा कार्यक्रममा स्वतन्त्र राजनीतिक दलका नेता अजय बाहादुर शाही लगायतले सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो