2026-07-25 02:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पामा २ सय २१ मतदाताको परिचय पत्र फोटो बिहिन

टेक शाही/कात्तिक ११, डोल्पा । डोल्पा जिल्लामा २ सय २१ जना मतदाताको परिचय पत्रमा फोटो छैन । 

स्थानिय निर्वाचन भन्दा पछिल्लो समयमा थप मतदाताको नामावलि आएको तर फोटो नआएको जिल्ला निर्वाचन कार्यालयले जानकारि दिएको छ । 

दुइवटा निर्वाचन क्षेत्र प्रदेश रहेको यस जिल्लामा प्रदेश नं. “क” बाट १ सय ८९ जना र प्रदेश नं. “ख”बाट ३२ जना मतदाताको फोटो बिहिन परिचय पत्र रहेको छ । जिल्ला निर्वाचन कार्यालय डोल्पाको प्राबिधिक त्रूटिका कारण यस्तो समस्या आएको जिल्ला निर्वाचन अधिकारी बिक्रम गिरिले जानकारि दिए । उनले भने जिल्लाको कार्यालयमा रहेका कम्प्यूटरको समस्याले गर्दा यस्तो समस्या भएको हो मतदाताले भोट हाल्न पाउने  उनले बताए ।

मतदाता परिचय पत्रमा फोटो नभएका मतदाताले भने भोट हाल्न पाउने भएको मूख्य निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारि दिए । उनका अनुसार फोटो नभएका मतदाताले नागरिक्ता,लाइसनस,लालपूर्जा जस्ता परिचय खुल्ने कुनै पनि कागजातहरु मतदान स्थलमा ल्याएर आउनु पर्ने बताए । 

डोल्पा जिल्लामा १८ हजार ९ सय ८९ मतदाता सँख्या रहेको छ । प्रदेश नं. “क”मा ३० वटा वडा ३० वटै मतदान केन्द्रका साथै ८ हजार २ सय ५० मतदाता रहेका छन । त्यसै गरि प्रदेश नं. “ख”मा ३५ वटा वडा र ३६ वटा मतदान केन्द्रका साथै १० हजार ७ सय ३९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

डोल्पा जिल्लामा निर्वाचन निश्पक्ष स्वतन्त्र एबम धाँदली रहित हुनेमा मतदातालाइ ढुक्क हुन मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुरोध गरेको छ । कुल ६५वटा मतदान केन्द्र रहेको डोल्पामा सबै ठाउमा शान्तपूर्ण रुपमा निर्वाचन हुने प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बिश्वास ब्यक्त गरे । 

निर्वाचानका बेलामा मतदान केन्द्रमा जाने कर्मचारिले कुनै पनि दलको पक्ष वा बिपक्षमा काम गरेको फेला परेमा प्रमाण सहित जिल्लामा पेश गर्न अनुरोध गर्दै कारवाहि गरेर त्यस्ता कर्मचारिको जागिर समेत खोसिने मूख्य निर्वाचन अधिकृत रमेश ज्ञवालीले बताए । उनले भने कर्मचारि स्वतन्त्र भए निर्वाचन शान्तीपूर्ण र धाँदली रहित हुन्छ । 

मँसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसाभाको निर्वाचनमा जिल्लाबाट जति जना प्रत्यक्ष उम्मेद्धार छनन त्यति जनाको मात्र निर्वाचन चिन्ह् भएको मतपत्र आउने कुरा निर्वाचन कार्यालयले राजनितिक दाललाइ जानकारि दिएको छ । निर्वाचन कार्यालयले भनेको छ सबै राजनितिक दलले आचरसँह्तिा पालाना गर्नु होला नत्र उम्मेद्धारी पनि खोसिन सक्छ ।  

दुइवटा मतपत्रमा मतदाताले भोट हाल्नु पर्ने भएकोले मतदाता शिक्षालाइ बिशेष जोड दिनु पर्ने जिल्लाका सबै राजनितिक दलले आग्रह गरेका छन । मँसिर १० गते मतदान सम्पन्न भए पनि मतगणना भने २१ गते साँझ ५ बजे पछि मात्र हुने भएको छ । 

पछिल्लो चरणको निर्वाचन सकिए पछि मात्र पहिलो चरणको मतगणना हुने मूख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारि दिए । उनले भने सबै मतपेटिका जिल्ला अदालतमा जम्मा हुने र राजनितिक दलको उपस्थितिमा मुचुल्का गरेर लाहछाप गरि सिलबन्दी गरिने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक