१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिर्तामोड गोलीकाण्डका घाइतेला काठमाडौं ल्याइयो

१२ कार्तिक २०७४, आईतवार ०८:३०

कात्तिक १२, झापा । बिर्तामोडमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा गोली चल्दा गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

शनिबारै हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइ वीर अस्पतालमा उपचार थालिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

अन्य घाइते ५ जनाको स्थानीय विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार ५ जना मध्ये ३ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

सघन उपचार कक्षमा उपचाररत् रहेकाहरुमा कनकाई नगरपालिकाका सुशील घतानी, मेची नगरपालिकाका अशोक बस्नेत र राजगढका सुनील पाठक छन् । घतानी र बस्नेतको हात र पाठकको हिप र पिठ्यूँमा गोली लागेको थियो । घटना प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए