2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा वाम गठबन्धनका उम्मेदवारद्वारा चुनाव जिते तलबभत्ता नलिने घोषण

कात्तिक १२, डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा वाम गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन भएका माओवादी नेता खजराज भट्टले चुनाव जिते तलब भत्ता नलिने घोषणा गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत तलब भत्ता नलिने घोषणा गर्दै उक्त रकम डडेल्धुराको विकास र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका हुन् ।

‘डडेल्धुराबाट प्रतिनिधिसभामा निर्वाचित भए राज्यबाट कुनै पनि प्रकारको तलबभत्ता नलिने घोषणा गर्दछु । मैले पाउने सबै रकम डडेल्धुराको विकास र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्दछु ।’

माओवादी केन्द्रका केन्द्रीय सदस्य भट्ट पहिलो संविधानसभा निर्वाचन २०६४ सालदेखि डडेल्धुराबाटै चुनाव लड्दै आएका छन् । उनी प्रधानमन्त्री देउवासंग दुई पटक पराजित भएका छन् ।

यो उम्मदवारीसंगै उनी तेस्रो पटक प्रधामन्त्री देउवासँग प्रतिस्पर्धा गर्ने भएका हुन्। २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा देउवाले २० हजार ५ सय २९ मत प्राप्त गरेका थिए भने भट्टले १९ हजार १ सय ६१ मत पाएका थिए ।

भट्ट देउवासंग १३६८ मतले पराजित भएका थिए । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा देउवा २३ हजार ९२० मत ल्याएर विजयी भएका थिए । देउवाका निकटतम प्रतिद्वन्द्वी भट्टले १२ हजार ४९३ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई