Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश दुईको राजधानी सर्लाहीमा हुनुपर्ने माग

२०७४, १२ कार्तिक आईतवार १३:२६

सरोज यादव/कात्तिक १२, सर्लाही । दुई नम्बर प्रदेशको राजधानी जनकपुर वा वीरगञ्जमा हुनु पर्दछ भन्ने चर्चा परिचर्चा चलिरहँदा सर्लाहीबासीहरुले प्रदेश नं.२ मा रहेको ८ वटै जिल्लाको बीचमा पर्ने सर्लाही जिल्लामा नै राजधानी हुनुपर्ने माग गरेका छन् ।

सर्लाहीको मलंगवामा शनिबार आयोजना गरिएको प्रदेश नं. २ को राजधानी उपयुक्त स्थानमा राख्ने सम्बन्धी बृहत छलफल कार्यक्रममा वक्ताहरुले सर्लाही आठवटै जिल्लाको बीचमा रहेकोले राजधानीका लागि सर्लाही उपयुक्त ठाउँ रहेको धारणा राखेका थिए ।

राजधानी वीरगञ्जमा राख्दा सप्तरी, सिरहा र धनुषालाई टाढा पर्छ भने जनकपुर राखियो भने पर्सा र बारालाई टाढा पर्ने नागरिक समाजका अगुवा महेन्द्रप्रसाद कर्ण बताएका छन् । जनकपुर र वीरगञ्ज आ(आफ्नै विशेषताले विकसित भएको स्थानलाई फेरी राजधानी बनाएर अरु जिल्लालाई पछाडी पार्ने काम भएको कर्णले बताएका छन् ।


‘वीरगंज औद्योगिक क्षेत्र र जनकपुर जानकी माताको जन्मभूमी भएको हिसाबले ती क्षेत्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान छ’, कर्णले भने,‘सर्लाहीमा राजधानी बनायो भने सर्लाहीको विकास तथा पहिचान बढ्ने छ ।’ प्रदेशको केन्द्रमा पर्ने सर्लाहीलाई हटाएर कुनै एक कुनामा राजधानी बनाउनु सरासर गलत भएको राजपाका केन्द्रीय सदस्य जुल्फेकार मिकरानीले बताए । 

‘पायकपर्ने स्थानमा राजधानी हुनुपर्छ । सेवाग्राहीलाई सुगम पर्ने स्थानमा राजधानी बनाइनु पर्छ । राजधानीका नाममा जनतालाई दुःख दिने काम कुनै पनि हालतमा गरिनु हुदैन’ उनले भने । नागरिक समाजका अध्यक्ष उग्रकान्त झाँले सर्लाहीमा पूर्व पश्चिम राजमार्गको छेउछाउमा खाली रहेको हजारौं विघा जमिनमा पूर्वाधार निर्माण गरी राजधानी बनाए राम्रो हुने बताएका छन् ।

‘जमिनको हिसाबले सबैभन्दा बढी जमिन सर्लाहीमा खाली छ’, झाँले भने,‘ वन बिनास गरिएको हरिवनको नयाँरोड, नवलपुर तथा लालबन्दीमा खाली रहेको जमिनमा राजधानी बनाउनका लागि पर्याप्त जमिन छ ।’ सर्लाहीमा राजधानी बनाइएन भने चरणबद्ध रुपमा दबाबका कार्यक्रमहरु गर्ने राजधानी निर्माणसंघर्ष समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू