2026-09-03 11:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माथिल्लो डोल्पामा हिमपात, निर्वाचनका काम प्रभाबित हुने

टेक शाही/कात्तिक १४, डोल्पा । कार्तिकको पहिलो सातामा नै हिमपात भए पछि माथिल्लो डोल्पाको जनजिवन प्रभाबित भएको छ । 

निर्वाचन हुन झण्डै एक एक महिना मात्र बाँकि रहेको बस्थामा छिटफुट रुपमा हिमपात भए पछि निर्वाचनका काम समेत प्रभाबित हुने देखिएको छ । शनिबार देखि मँगलबार राति सम्म पटक–पटक सामान्य हिमपात भए पछि चिसो ह्वात्तै बढेको स्थानिय डोल्पो बुद्धगाँउपालिकाका स्थानिय छिरिङ्ग क्याल्बो गुरुङ्गले बताए । उनका अनुसार कार्तिकमा नै हिमपात भए पछि यस बर्ष चिसो झनै बढने अनुमान गरे । 

माथिल्लो डोल्पाको अधिकाँश भु–भाग ३ इनच बराबरको हिउ जमे पछि दैनिक चिसो बढ्दै गएको स्थानियहरुले बताएका छन । यसरि कार्तिकको पहिलो साता नै हिमपात हुन थाले पछि मँसिर १० मा हुने निर्वाचन समेत प्रभाबित हुने आँसका स्थानियमा बढदै गएको छ । 

डोल्पामा मँसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कुनै पनि दल माथिल्लो डोल्पामा जाने आट गरेका छैनन । त्यसै गरि निर्वाचनका कुनै पनि गतिबिधिहरु माथिल्लो डोल्पामा हुन सकेका छैनन । कार्तिकको दोस्रो सातामा नै चिसो बढे पछि मँसिरमा हुने निर्वाचनमा कर्मचारिहरु नै जान नमान्ने अबस्था आउने धेरैको आकलन रहेको छ । 

माथिल्लो डोल्पाका ३ वटा गाँउपालिका शे–फोक्सुण्डो गाँउपालिका,डोल्पो बुद्ध गाँउपालिका र छार्का ताङसोङ गाँउपालिकाका सबै वडा तथा बस्तिहरु मिपातले प्रभाबित भएका छन । 

५६ सय को उचाइ सम्मका मानव वस्ति रहेका माथिल्लो डोल्पाका स्थानिय तहहरुमा चिसोले जनजिवन दैनिक प्रभाबित भएको माथिल्लो डोल्पाका बिद्यालयमा कार्यरत शिक्षकहरुले सामाजिक सञजालमा लेखेका छन । 

सञ्चारका माध्यायम नभएका माथिल्लो डोल्पाका धो,साल्दाङ र फोकसुण्डो तापारिचा माध्यामिक बिद्यालयमा भि–स्याट फाने मार्फत इन्टरनेको सेवा सञ्चालनमा रहेको दुरसञ्चार कार्यालय डोल्पाका प्रमूख दयाबिक्रम केसिले जानकारि दिए । 

हिमपात र चिसो दैनिक बाढे पछि माथिल्लो डोल्पाका स्थानियहरु पनि तल्लो डोल्पामा झर्ने तयारि गरि रहेका छन । हरेक बर्ष हिउदको समयमा माथिल्लो डोल्पाका स्थानियहरु जाडो छल्न तल्लो डोल्पाका बिभिन्न गाँउ र तराइका शहरमा झर्ने गर्दछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट