Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा एफएमका पुर्वस्टेशन मेनेजर चुनावी मैदानमा

२०७४, १४ कार्तिक मंगलवार १२:४६

चिसाङ शेर्पा/कात्तिक १४, खोटाङ । खोटाङमा एफएमका पुर्वस्टेशन मेनेजर टंक थापा प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । 

आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि पुर्वस्टेशन मेनेजर थापा संघीय समाजबादी फोरमका तर्फबाट खोटाङ क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा उठेका हुन् । 

सञ्चारको अभाव नै अविकासको कारण मान्दै २०६३ सालदेखि २०७२ सालसम्म रुपाकोट एफएमका स्टेशन मेनेजरको भूमीका सम्हालेका थापा राज्यमा सबै जाती, क्षेत्र लिंग, बर्गको समान अधिकार र समान सहभागीताको ग्यारेन्टीका लागि चुनावी मैदानमा आएको बताउँछन् ।

नेपालमा जातीय, क्षेत्रीय, लिंगीय, बर्गीय लगायतका बिभेद छ, उत्पीडनमा परेका समुदाय छन्,’ ४४ वर्षीय थापाले भने, हरेक निकायमा तिनै वर्गको समान अधिकार र समान सहभागीताको सुनिश्चितता गराउँने लक्ष्यकासाथ चुनावी मैदानमा आएको छु ।’ 

पहिचान सहितको संघीयतालाई व्यवहारमा उतार्ने, संबिधानमा रहेका कमी÷कमजोरीलाई सुधार गर्दै संबिधानलाई जनताको पक्षमा पूर्ण बनाउने, व्यवहारमा देखिनेगरी धर्मनिरपेक्ष राज्यको स्थापनामा पहल गर्ने लगायतका चुनावी एजेण्डा लिएर थापा चुनावी अभियानमा उत्रिएका हुन् । कुनैबेला एफएमका लागि समाचार र विज्ञापन माग्दै बजार पुगेका थापा अहिले भोट माग्दै गाउँ–गाउँ डुलिरहेका छन् । 


२०४७ साल बैसाखबाट अनेरास्वबियु महेन्द्रोद्धय माबि ओख्रेमा प्रारम्भिक कमिटि उपाध्यक्षबाट राजनिति सुरु गरेका थापा २०७१ सालबाट संघीय समाजबादी फोरममा प्रवेश गरेका हुन् । 

२०४९ देखि २०५३ सम्म तीन कार्यकाल अखिलको जिल्ला अध्यक्ष, २०५१ सालमा एमाले निकट विद्यार्थी संगठनकातर्फबाट दिक्तेल बहुमुखी क्याम्पसको स्ववियू सभापति, २०५३ सालमा एमालेको जिल्ला सदस्य, प्ररायू संघको जिल्ला अध्यक्ष, २०४८ सालमा एमालेका जिल्ला सचिव बनेका थापा लामो समयसम्म राजनितीभन्दा बाहिर बसेर पुःन संघीय समाजबादी फोरमबाट राजनितीलाई निरन्तरता दिएका हुन् । 

सामुदायीक रेडियो स्थापनाका अभियान्तामध्येका एक थापाले रुपाकोट रेडियोलाई दक्षिण एसियमै सबैभन्दा बढि शेयर भएको एफएमकारुपमा स्थापित गर्न भूमीका निर्वाह गरे । 

उनकै पहलमा रुपाकोट एफएमबाट विभिन्न भाषा/भाषीका समाचार तथा कार्यक्रम प्रशारण सुरु गरिएको थियो । हाल पार्टीका किरात प्रदेश समिति सदस्य एबं जिल्ला उपाध्यक्ष रहेका थापाले दिक्तेल बहुमुखी क्याम्पसमा केही समय अध्यापन समेत गरेका थिए । 

जसरी पनि चुनाव जित्ने’ प्रबृत्तिका बिरोध गर्दै चुनावी अभियानमा सामेल भएको उम्मेद्वार थापाले बताए । चुनावको गलत प्रयोग भइरहेको छ । चुनाव भनेको स्वार्थपुर्ती गर्ने माध्यम हो, जसरी पनि जित्नुपर्छ भन्ने गलत मान्यता स्थापित छ,’ थापाले भने, हामी त्यसको बिरोधी हौँ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ