Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ

२०८३, २२ जेष्ठ शुक्रबार १६:२२

काठमाडौँ | उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुनेमा आफूलाई विश्वास नभएको बताएका छन् । सरकारका काम–कारबाहीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै उनले नेपाली जनताले ठूलो परिवर्तनको अपेक्षासहित दुई तिहाइको भारी मत दिए पनि सरकारले सोहीअनुरूपको नतिजा दिन नसकेको दाबी गरे । शुक्रवार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले जनअपेक्षाविपरीतका गतिविधिहरू नरोकिए आफ्नो पार्टी सशक्त प्रतिवादमा उत्रने चेतावनी समेत दिए ।

राजनीतिक वृत्तमा नयाँ शक्तिको उदय र वर्तमान सरकारको समीक्षा गर्दै अध्यक्ष घिसिङले जनताले पुराना दलहरूको प्रतिस्थापनका लागि नयाँ विकल्प रोजेको स्पष्ट पारे । संसद् र सरकारमा नयाँ शक्तिको आगमनलाई आफूहरूले पनि सकारात्मक रूपमा लिएको स्मरण गर्दै उनले थपे,”नेपाली जनताले सधैँ परिवर्तन खोजेका छन् र त्यही परिवर्तनका लागि नयाँ शक्तिलाई दुई तिहाइको ऐतिहासिक मत दिएका हुन् । तर, बितेका दुई महिनामा यो सरकारले जुन किसिमको कार्यशैली देखाएको छ, त्यसले जनतामा निराशा मात्र बढाएको छ । यो सरकार सफल होस् भन्ने हाम्रो पनि कामना हो, तर यसको हालसम्मको कामकारबाही हेर्दा यसले जनताको आधारभूत समस्या सम्बोधन गर्छ भन्ने विश्वास गर्न सकिँदैन ।”

उनले पुराना दलका नेता–कार्यकर्ताहरू मात्र नभई नयाँ पार्टीका साथीहरूसमेत हाल उज्यालो नेपाल पार्टीप्रति आकर्षित भइरहेको दाबी गरे । जनताले अहिले स्थापित नयाँ दलहरूको पनि भरपर्दो विकल्पका रूपमा उज्यालो नेपाल पार्टीलाई हेर्न थालेको उनको जिकिर थियो । नेपालको ऊर्जा क्षेत्रको विकास र आत्मनिर्भरताका विषयमा बोल्दै अध्यक्ष घिसिङले सरकारले हालै सार्वजनिक गरेको नयाँ बजेटमा विद्युतमा कर लगाउने व्यवस्था ल्याएको भन्दै कडा आपत्ति जनाए । स्वदेशी उत्पादन र हरित ऊर्जालाई प्रवर्द्धन गर्नुको साटो विद्युतमाथि नै कर थुपारेर सरकारले उल्टो बाटो समातेको उनको विश्लेषण थियो ।

मुलुकको वास्तविक आर्थिक समृद्धिका लागि राज्यले जलस्रोत (पानी), कृषि र पर्यटनको क्षेत्रलाई नै मुख्य मेरुदण्ड बनाउनुपर्ने र आफ्नो पार्टीले यिनै तीनवटा प्राथमिकताका क्षेत्रमा केन्द्रित भएर काम गर्न चाहेको उनले स्पष्ट पारे । अध्यक्ष घिसिङले सरकार बाहिर रहेर पनि आफ्नो पार्टीले देशको अर्थतन्त्र सुदृढ बनाउन र समाज रूपान्तरणका लागि दबाब दिइरहने बताए । “सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ,” उनले भने, “उज्यालो नेपाल पार्टी सधैँ भुइँमान्छेको माझमा रहेर जनताका वास्तविक समस्या र मुद्दाहरू बोकेर अगाडि बढ्छ र देशको एक सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली