१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आठ महिनामा पैँसठ्ठी कैदीबन्दीको मृत्यु

१५ कार्तिक २०७४, बुधबार ०४:२६

कात्तिक १५, काठमाडौँ । नेपालमा आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु भएको छ । 

कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार विसं २०७३ फागुनदेखि हालसम्म ६५ जनाको मृत्यु भएको हो । विभागले २०७३ फागुन २६ गतेदेखि मात्र मृत्यु भएका कैदीबन्दीको विवरण राख्न शुरु गरेको हो । 

केन्द्रीय कारागार, जगन्नाथ देवलमा १३, सुनसरीको झुम्का कारागारमा नौ, जिल्ला कारागार चितवनमा आठ, मोरङ कारागारमा सात, बर्दियामा दुई, नख्खु दुई, इलाम दुई, महोत्तरी दुई, संखुवासभा दुई, झापा दुई, म्याग्दी एक, डिल्लीबजार एक, गोरखा एक, पर्सा एक र प्यूठानमा एकजनाको मृत्यु भएको छ । 

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले अधिकांश कैदीबन्दीको बिरामी भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरेर उपचार गर्दागर्दै निधन भएको जानकारी दिनुभयो । 

“कैदीबन्दीलाई सामान्य रोग लागे उपचार कारागारभित्रै गर्छौं, जटिल समस्या देखा परे सम्बन्धित जिल्लाका अस्पताल वा काठमाडौँका ठूला अस्पतालमा पठाउँछौँ, अधिकांशको उपचारका क्रममा निधन भएको हो,”– महानिर्देशक घिमिरेले भन्नुभयो । 

मृत्यु भएका ६५ जनामध्ये एक जनामात्र बन्दीगृहभित्र मृत्यु भएको विभागले जनाएको छ । हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजार संख्यामा कैदीबन्दी रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट