Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-07-25 07:04 AM
पर्बत - PBT

यसरी हुँदै छ, पर्वतमा निर्वाचन लडाईँ

संजय रेग्मी

पर्वत ः आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली काँग्रेस पर्वतबाट निवर्तमान साँसद,नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी र नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी उम्मेद्वार बनेका छन । प्रतिनिधि सभाको लागि यी दुई नेताबीचको लडाईँलाई जिल्लाबासीले पनि निकै चासोका साथमा हेरेका छन ।

संसदीय राजनीतिमा ईन्ट्री मार्ने दाउमा रहेका बाम गठबन्धनका उम्मेद्वार बनेका गिरी र संसदीय राजनीतिमा ह्याट्रीक गरिसकेका काँग्रेसका जोशीबीचको चुनावी प्रतिस्पर्धाले अहिले जिल्ला तताएको छ । लगातार ह्याट्रीक गर्ने सिमित नेताभित्र पर्ने जोशीलाई उनी जिल्ला वासीका जिम्मेवार र विकासका संभाहकको,अनूभवी नेताको रुपमा लिएका छन् । उनलाई चुनावी रणनीतिका बलिया खेलाडीको रुपमा लिने गरिएको छ जस्का कारण उनी तीन तीन पटक जित्न सफल भएका छन् । वामपन्थिको वहुमत भएको क्षेत्रमा समेत चलाखीपूर्ण तरिकाले विजय हासील गर्दै आएका छन् । भने एमालेका गिरी पृथ्वीनारायण क्याम्पस, पोखराको स्ववियू सभापति हुँदै विद्यार्थी राजनीतिबाट अगाडि आएका हुन । चलाखीपूर्ण र मिजासिलो राजनीतिका कारण गिरीलाई पार्टीले समेत अन्य नेतालाई पन्छाउँदै प्रतिनिधि सभाको लागि उम्मेद्वार बनाएको हो । गिरीलाई पनि जिल्लाबासीले आसलाग्दो नेताका रुपमा हेर्ने गरेका छन ।

यसैगरी, प्रदेश सभाको लागि पर्वत क्षेत्र नं. १ (क) बाट नेपाली काँग्रसको तर्फ बाट पूर्व जिल्ला सभापति नवराज गुरुङ र बाम गठबन्धनबाट माओवादी केन्द्रका नेत्र अधिकारी ‘हिमाल’ चुनावी मैदानमा छन । गुरुङ संबिधान सभा निर्वाचन २०७० मा क्षेत्र नं. २ बाट एमालेका विकास लम्सालसंग पराजित उम्मेद्वार हुन भने, माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका अधिकारी संबिधान सभा निर्वाचन २०७० मा क्षेत्र नं. १ मा काँग्रेसका अर्जुनप्रसाद जोशीसंग पराजित व्यक्ति हुन । जोशीले लगातार तीन पटक सम्म निर्वाचन जितेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा दुई ओटा तह नेपाली काँग्रेस र एउटा तह एमालेले जितेको थियो ।

यस्तै, प्रदेश सभाको निर्वाचनको लागि बाम गठबन्धनको तर्फ बाट पर्वत क्षेत्र नं. २ (ख) बाट नेकपा एमाले पर्वतका पूर्व अध्यक्ष तथा निवर्तमान साँसद विकास लम्साल र नेपाली काँग्रेसको तर्फ बाट पैयूँ गाउँपालिकाका नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि यूवा नेता राजेन्द्र प्रसाद तिवारी  भिड्दै छन । संबिधान सभा निर्वाचन २०६४ मा माओवादी र २०७० मा एमालेले जित हात पारेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा तीन स्थानीय तहमा एमाले र एक स्थानीय तहमा काँग्रेस बिजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक