१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीनजनाको मृत्यु

१६ कार्तिक २०७४, बिहीबार ०७:०५

कात्तिक १६, दमौली । पृथ्वी राजमार्गको डुम्रे–मुग्लिन सडकखण्डमा पर्ने आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बुधबार राति मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा तीनजनाको मृत्यु भएको छ । 

काठमाडौँबाट पोखरा आउँदै गरेको वा३८प ५९७५ नं को मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजना र एक पैदल यात्रुको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकलका चालक भक्तपुर कैलाशपुर बस्ने २० वर्षीय निकेष सिंह र सोही ठाउँका मोटरसाइकल पछाडि बस्ने १९ वर्षीय सवीन अधिकारी तथा पैदल यात्रु गोरखाको पालुङ्टार नपा–१ च्याङ्लिङ बस्ने ६० वर्षीया नानुमाया राना रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो । 

तीनैजनाको उपचारका क्रममा मृत्यु भएको हो उहाँले भन्नुभयो । पैदल यात्रु नानुमायाको डुम्रेको लक्ष्मी अस्पताल, मोटरसाइकल चालक निकेषको पोखराको फिस्टेल अस्पताल र मोटरसाइकल पछाडि सवार सवीनको आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

तीव्र गतिमा गुडेका कारण सो मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा सो घटना भएको अनुमान प्रहरीले गरेको. छ । मोटरसाइकल इप्रका आँबुखैरेनीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । 

पैदल यात्रु नानुमाया र मोटरसाइकलको पछाडि सवार सवीनको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको र अर्का मृतक निकेषको शव ल्याउने तयारी भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट