2026-10-15 08:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुर्खेतमा १० दलको उम्मेदवारी दर्ता

दलसिंह गिरी | कात्तिक १६, सुर्खेत । आसन्न मंसिर २१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनका लागि सुर्खेतमा पनि दलहरुले मनोनय दर्ता गरेका छन् । निर्वाचन आयोगमा दर्ता भएका १९ दल मध्य १० दलले उम्मेदवारी मनोनयन गरेका छन् ।संयुक्त वाम गठन्धनले शक्ति प्रदर्शन गर्दै निर्वाचन आयोगको मुख्य कार्यालयमा पुगेर दलहरुले उम्मेदवारी मनोनयन गरेका थिए । तर सधैका निर्वाचनझै निकै तामझम गर्ने नेपाली कांग्रेसले यो पटक बाजाविनै र्याली निकालेर मुख्य कार्यालयमा उम्मेदवारी दर्ता गरेको थियो ।

नेपाली कांग्रेसले भने सुर्खेतबाट केन्द्रीय प्रतिनीधि सभाको लागि क्षेत्र नम्बर एकबाट पूर्वगृहमन्त्री पूर्णबहादुर खड््का र दुईबाट पूर्वमन्त्री हृदयराम थानीको उम्मेदवारी दर्ता गरेको छन् । यस्तै, कांग्रेसले प्रदेश सभाको लागि निर्वाचन क्षेत्र १(क) मा टेकबहादुर सिंह, १ (ख) बाट झकबहादुर डाँगी, निर्वाचन क्षेत्र नम्बर २ (क) बाट कमलराज रेग्मी र २ (ख) बाट तप्त विष्टको उम्मेदवारी दर्ता गराएको छ । अन्य राजनीतिक दलहरुले पनि मुख्य निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

बाम गठबन्धनले सुर्खेतबाट केन्द्रीय प्रतिनीधि सभाको लागि क्षेत्र नम्बर एकबाट धुव्रकुमार शाही र दुईबाट नवराज रावतको उम्मेदवारी दर्ता गरेको छ । गठबन्धनले प्रदेश सभाको लागि निर्वाचन क्षेत्र १(क) मा ठम्मर विष्ट(ख) बाट खड््कबहादुर खत्री, निर्वाचन क्षेत्र नम्बर २ (क) बाट पूर्वमन्त्री यमलाल कंडेल र २ (ख) बाट विन्दमान विष्टको उम्मेदवारी दर्ता गराएको छ । पूर्वमन्त्री समेत रहनु भएका नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले ०४८ सालदेखी नै सुर्खेती जनताले कांग्रेसलाई रोज्दै आएकाले यो पटकको निर्वाचनमा आफूहरुले जिताउने उद्घोष जनताले नै गरेकोले आफूहरुले जित्ने बताए ।

बामगठबन्धनका उम्मेदवार यमलाल कंडेलले देशको आर्थिक समृद्धिका गठबन्धनका उम्मेदवारहरुले जित्ने बताए । उनले एमालेले लिएको राष्ट्रियताको सवालमा लिएको अडानका कारण सुर्खेतसहित प्रदेशमा गठबन्धनका उम्मेदवारहरुले जित्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने