२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रतिनिधी र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा ७७ नेता चुनावी मैदानमा

२०७४, १६ कार्तिक बिहीबार १४:४०

भास्कर के.सी | कात्तिक १६, कञ्चनपुर | आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचन सदस्यका लागि कञ्चनपुरमा ९ पदका लागि ७७ जना नेताले उम्मेदवारी दर्ता गराएका छन् । बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय महेन्द्रनगरमा ३ प्रतिनिधी र ६ प्रदेश सभास सदस्यका लागि विभिन्न राजनीतिक दल, बाँगी र स्वतन्त्र गरि ७७जनाले मनोनयन दर्ता गराएका छन् । 

कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्र कुमार आर्चायले तीनै निर्वाचन क्षेत्रबाट प्रदेश र प्रतिनिधी सभा सदस्यका लागि ७७ जनाले मनोनयन दर्ता गराएको बताए । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १बाट प्रतिनिधी सदस्यका लागि ९ र प्रदेशका (क)बाट ५, (ख)बाट १०, गरि २४ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधी सभा सदस्यका लागि १० र प्रदेश (क)बाट ७ (ख)मा १० गरि २७ र निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधी सभा सदस्यका लागि १० र प्रदेश सभा (क) ७, (ख) जना गरि २६ जनाले मनोनयन दर्ता गराएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार काँग्रेस, (नेकपा माओवादी–एमाले) संयुक्त गठबन्धन, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी, नयाँ शक्ति पार्टी, राप्रपा, नेपाली काँग्रेस प्रजातान्त्रिक (विपी), विकेशशिल नेपाली दल, एकिकृत राप्रपा, नेपाल दलितपार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय शिवसेना लगायत स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । 

राजनीतिक दल र तिनका उम्मेदवारले बजागाजा सहित जुलुस लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । एमाले–माओवादी संयुक्त गठबन्धन र नेपाली काँग्रेस विच शक्ति प्रर्दशनका लागि होडबाजी चलेको थियो । दलहरुले उल्लेख्य संख्यामा कार्यकर्ता उपस्थित गराएर उम्मेदवारी दर्ता गराएका छन् । 

नेपाली काँग्रेसका तर्फबाट पुरानै नेताहरु दोहोरिएका छन् । दोस्रो संविधान सभा निर्वाचन ०७० मा जितेका दिवान सिह विष्ट, एनपी साउद, रमेश लेखक र बहादुर सिह थापा दोहोरिएका छन् । प्रतिनिधी सभा सदस्यका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १बाट दिवान सिह विष्ट, २ बाट एनपी साउद र ३ बाट रमेश लेखकले मनोनयन दर्ता गराएका छन् । साउद र लेखक पुर्वमन्त्री पनि हुन् । प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ को (क) गोपाल गुरुङ्ग, (ख) रामलाल राना, २ को (क) बाट पुष्कर ओझा (ख) बहादुर सिह थापा र ३को (क) यज्ञराज जोशी, (ख) बेल बहादुर रानाले मनोनयन दर्ता गराएका छन् । 

माओवादी–एमाले संयुक्त गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १बाट बिना मगर, २ नर बहादुर धामी र ३ बाट डा.दिपक प्रकास भट्टले मनोनयन दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १को (क) तारालामा तामाङ्ग (ख) कुलबिर चौधरी, २ को (क) महेश दत्त जोशी (ख) लाल बहादुर खडका र ३ को (क)प्रकास रावल (ख) मान बहादुर सुनारले मनोनयन दर्ता गराएका छन् । गठबन्धन तर्फ माओवादी केन्द्रले एक प्रतिनिधी र २ प्रदेश सभाका लागि टिकट पाएका छन् । 

यस्तै राष्ट्रिय जनमोर्चाले प्रतिनिधी सभा सदस्यका लागि १ बाट लोकेन्द्र लम्साल, २ बाट राम बहादुर कार्की र ३ बाट लाल बहादुर कुँवरले उम्मेद्वारी दिएका छन् । प्रदेश सभास सदस्यका लागि १को (क) कृष्ण पण्डित (ख)राज कुमार चौधरी, २को (क)गोरख रैकाल (ख) कलम साहु र ३को (क) मञ्जु परिवार (ख) निरु कोलीले मनोनयन दर्ता गराएका छन् । 

नयाँ शक्तिले प्रतिनिधी सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १बाट अमर विष्ट, २बाट प्रमे धानुक र ३बाट जनक साउदले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभा सदस्यका लागि १(क) सत्यादेवी चापागाई (ख)शेर सिह पुजारा, २को (क) रुकुम सिह ठगुन्ना (ख)मञ्जुचौधरी ३को (क) राजेन्द्र भट्ट (ख) रतन महरले उम्मेदवारी दर्ता गराएका छन् । 

विकेकशिल साझा नेपाली पार्टीले प्रतिनिधी सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १बाट लक्ष्मी नारायण चौधरी र ३बाट दिपेन्द्र कार्कीले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभासदस्यका लागि १को (ख) मेवाराम चौधरी र २को (क)बाट कृष्ण साउदले मनोनयन दर्ता गराएका छन् । 

राप्रपाबाट तीनै निर्वाचन क्षेत्रको प्रदेशका लागि मात्रै मनोनयन दर्ता गराईएको छ । निर्वाचन क्षेत्र १को (क) सुर्य शाही (ख) डिल्ली शाही, २ को (क) दिपक नाथ (ख) बम ब. बम र ३को (क) पुर्ण चन्द र (ख) गजेन्द्र चन्दले मनोनयन दर्ता गराएका छन् । 

राष्ट्रिय जनता पार्टीले प्रतिनिधी सभा सदस्य लागि निर्वाचन क्षेत्र नम्बर १बाट पल्टु राना र ३बाट रुवी जैरु (सार्की)ले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र १को (क)बाट पशुरामचौधरी (ख) रामकिशन राना २को (क) जगन्नाथ राना (ख)प्रेमबती रानाले उम्मेद्वारी दिएका छन् । 

नेपाली काँग्रेस प्रजातान्त्रिक (विपी) समुहका तर्फबाट प्रतिनिधी सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर २ बाट चन्द्रदेव जोशी र ३बाट प्रेम विष्टले उम्मेदवारी दिएका छन् । भने प्रदेश सभा तर्फ २ को (ख)बाट जगन्नाथ जोशीले उम्मेदवारी दिएका छन् । 

देशभक्त जनगणतान्त्रिक मोर्चाले निर्वाचन क्षेत्र नम्बर १को (ख)बाट महेश पाण्डे २को (ख) बाट राम महरा र २ बाट प्रतिनिधी सभाका लागि चन्द्र ब.डगौरालको मनोनयन दर्ता गराएको छ । 

राष्ट्रिय शिवसेनाका तर्फबाट प्रदेश सदस्यका निर्वाचन क्षेत्र नम्बर २को .(ख) बाट मदन भट्टले मनोनयन दर्ता गराएका छन् । 

एकिकृत राप्रपाका तर्फबाट निर्वाचन क्षेत्र नम्बर २को (ख) बाट दान बहादुर ऐडी र ३को (क) मान बहादुर कार्कीले मनोनयन दर्ता गराएका छन् । 

दलित पार्टीबाट प्रतिनिधी सभास सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर २बाट राकेश बहादुर लुहारले मनोनयन दर्ता गराएका छन् । 

संघीय समाजवादी फोरमका तर्फबाट प्रतिनिधी सभाका लागि निर्वाचन क्षेत्र नम्बर १बाट मकर बहादुर थापा मगर र ३को (ख)बाट आरती देवी थापाले मनोनयन दर्ता गराएका छन् । 

एमाले–काँग्रेस र स्वतन्त्रका बाँगी उम्मेदवार पर्टीले टिकट वितरणमा पार्टीले विभेद गरेको भन्दै एमाले काँग्रेसका कार्यकर्ताले आफ्नै उम्मेदवार बिरुद्ध बाँगी उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसका युवा नेता सिद्धराज भट्टले एनपी साउद बिरुद्धमा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाका लागि मनोनयन दर्ता गराएका छन् । भट्टले पुर्व सिँचाईमन्त्री साउद बिरुद्ध उम्मेदवारी दिएका हुन् । यस्तै प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसका नेता तुला साहु र बलराम पन्तले पनि बाँगी उम्मेदवारी दिएका छन् । पन्त र साहुले निर्वाचन क्षेत्र नम्बर २ को (क र ख)बाट बाँगी उम्मेदवारी दिएका हुन् । 

यस्तै एमाले नेता हरि विष्टले प्रतिनिधी सभाका लागि निर्वाचन क्षेत्र नम्बर ३बाट, कर्ण चन्दले प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर ३ को (क) र निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट राजेन्द जोशीले बाँगी उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्र तर्फ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यका लागि रुपादेवी विष्ट र निरादेवी शाहीले मनोनयन दर्ता गराएका छन् । निर्वाचन क्षेत्र १को (ख) नरसिह विष्ट, निर्वाचन क्षेत्र नम्बर ३को (क) दिवानसिह आग्री र जगेन्द्र पाण्डेले मनोनयन दर्ता गराएका छन् । 

यस्तै माओवादी नेता भीम ब.कुमालले आफ्नै उम्मेद्वार बिरुद्ध निर्वाचन क्षेत्र नम्बर ३को (ख) मनोनयन दर्ता गराएका छन् । बाँगी उम्मेदवारी दर्ता गराएका उम्मेदवारले पार्टीलाई सहि नीति, सिद्धान्त र पार्टीको अस्थित्व जोगाउन बाँगी दिएको दावि गरेका छन् । उम्मेदवारी दिए लगत्तै उम्मेद्वार आफ्ना शुभचिन्तकसंग फोटो खिचाउदै थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी