२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

साहित्यले यसरी मुछिँदैछ रोल्पाली माटो (फोटोफिचर)

१६ कार्तिक २०७४, बिहीबार १६:०२

कात्तिक १६, रोल्पा । राप्ती साहित्य परिषद् जिल्ला  शाखा रोल्पाको आयोजनामा प्रत्येक महिनाको १५ गते संचालन हुँदै आएको स्रष्टा चौतारीको ५८औं श्रृंखला बुधबार भब्य रुपले सम्पन्न भएको छ । 

परिषद्का अध्यक्ष कविता उपाध्यायको संयोजनामा सम्पन्न कार्यक्रम विगतका महिनाहरुमा भन्दा विशेष प्रकारको रह्यो । चौतारीमा नगरप्रमुख तथा डाक्टरदेखि सर्जकसम्मको उपस्थिति रहेको थियो । 


रोल्पाको मुट मानिने टुडिखेल स्थित बाचनालयमा आयोजना गरिएको स्रष्टा चौतारीमा रचनाहरु सुन्न र सुनाउन सर्जक तथा श्रोताहरुको बाक्लो भीड लागेको थियो । स्थापित साहित्यकारदेखि नव सर्जक सम्मले आफ्ना रचना सुन्न र सुनाउन पाएकोमा निकै हर्षित देखिन्थे । 

अनौपचारिक रुपमा सम्पन्न भएको कार्यक्रममा सबैले पालैपालो आआफ्ना रचनाहरु सुनाए । कविता बाचनको क्रमसंगै गडगड तालिको आवाजले कोठा रन्किएको थियो । नयाँ पुराना स्रष्टाका रचना सुन्न पाउँदा सर्जकहरु निकै उत्साहित देखिन्थे ।


 साहित्यकारहरुले समसामयिक विषय बस्तुदेखि माया प्रेम र जीवन जगतका भोगाहरुलाई आफ्ना रचनामा उतारेका थिए । साँझ साडे ५ बजे शुरु भएको कार्यक्रम करिव २ घण्टा चलेको थियो । 

यसैक्रममा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले “हामी सपनाको पहरेदारी गर्नेछौं ” शीर्षको कविता बाचन गर्नुभयो । यस्तै कार्यक्रममा प्रमुख  जिल्ला अधिकारी डा. डिजन भट्टराइले “प्रीय” शीर्षकको कविता बाचन गर्नुभएको थियो । लिबाङ ब्यारेक रोल्पाका गणपति अजय गुरुङले “सुन्दरता र प्रेम”, अनुसन्धान अधिकृत मनोज ढकालले “पूर्व प्रेमिका” शीर्षकको कविता बाचन गरेपछि माहोल निकै तातिएको थियो । 


त्यसैगरी जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकृत लिलु गिरीले श्रृंगारिक रसको अति मार्मिक गजल बाचन गर्नुभएको थियो । कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष डीवी टुहुरोले रचना बाचनका साथै स्रष्टा चौतारिको बारेमा जानकारी गराउनु भयो ।  

यसैवीच नेपाली लेखक संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष दामु मर्सिफुल, ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष लोक आलोक श्रेष्ठ, साहित्यकारहरु महेन्द्र महक, चन्द्रज्योती सुवेदी, चाहना शर्मा, नविन लोचन मगर, काशीराम डाँगी, खेम बुढा, नारायण रेग्मी जिज्ञासु, रविन्द्र सुनार लोेकन्द्र सेन, अशोक वली परिवर्तन, दिलकुमारी बुढा, अर्चितबाबु मर्सिफुल, सुसुप्त पुन, मीना महरा, बबिता थापा, रितु रोका, लगायतले आआफ्ना रचना बाचन गर्नुभएको थियो । 


निकै उत्सुकताका साथ कार्यक्रम हलमा प्रवेश गर्नुभएका बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठ र पत्रकार महेश न्यौपानेले अर्काे महिनादेखि रचना बाचन गर्ने इच्छा प्रकट गर्नुभयो । 

कार्यक्रममा पत्रकार दिनेश सुवेदी, उमा के.सी. लक्ष्मी घर्तीमगर र रेशम विक लगायतको उपस्थिति रहेको थियो । स्रष्टा चौतारीको आगामी मंसिर महिनाको श्रृंखला राप्ती साहित्य परिषदकै संयोजनमा लिबाङको बाचनालयमा साँझ ४ बजे गर्ने निर्णय भएको सचिव चाहना शर्माले जानकारी दिनुभयो  । 


सर्जकहरुलाई साहित्य लेखनमा थप हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको परिषद्का अध्यक्ष कविता उपाध्यायले जानकारी दिनुभयो । उहाँले कार्यक्रममा नियमित रुपमा उपस्थितिका लागि सम्पूर्ण सर्जक तथा अनुरागीहरुलाई अनुरोध समेत गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह