२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

धनकुटामा १० मतदान केन्द्र र १० हजार मतदाता थपिए

१७ कार्तिक २०७४, शुक्रबार ०३:१९

कात्तिक १७, धनकुटा । दोस्रो चरणमा हुने भनिएको मंसिर २१ गतेका लागि तय भएको निर्वाचनका लागि धनकुटामा १० वटा मतदान केन्द्र थप भएको छ । 

जिल्ला निर्वाचन कार्यालय, धनकुटाका अनुसार धनकुटामा ११७ मतदानस्थलमा १५३ मतदान केन्द्र निर्धारण गरिएको छ । तीन नगरसहित सात स्थानीय तह रहेको जिल्लामा कूल एकलाख पाँचहजार १८८ मतदाता रहेका जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी केशव पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार जिल्लामा नौ हजार ८१६ जना मतदातासमेत थप भएका छन् । आगामी मंसिर २१ मा हुने प्रदेश र केन्द्रको निर्वाचनलाई लक्षित गरी धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता लागू भएको बारेमा जानकारी दिएको छ भने सुरक्षा संवेदनशीलता पहिचान गरी कडा सुरक्षा व्यवस्था गरिने समेत जनाएको छ । 

निर्वाचन आचारसंहितामा यसपटक थपिएको विषयमा उम्मेदवारको नाममा रंगीन पर्चा, टिसर्ट, टोपी, ट्याटु लगायतका प्रचार सामग्री निषेध गरिएको आचारसंहितामा उल्लेख छ । 

धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा राजनीतिक दल, सुरक्षा निकाय र सञ्चारकर्मीको भेलामा प्रतिनिधि सभामा एक क्षेत्र र प्रदेश सभाका लागि दुई क्षेत्र निर्धारण गरी निर्वाचन घोषणा सँगै दलहरुलाई आचारसंहिता पालना गर्नुपर्ने व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल