2026-09-19 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको ठाडीघाट मेलाको सम्पूर्ण तयारी पुरा, के-के छन् आकर्षण ?

श्याम थापा//कात्तिक १७, नवलपरासी । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित ठाडी घाट नारायणी नदिको तिरमा बर्सेनि कार्तिक पुर्णिामाको अवसरमा लाग्ने २ दिने ठाडी घाट मेलाको पुर्ण रूपमा तयारी भएको श्री शिव ठाडी घाट मेला व्यवस्थापन समितिले जनाएको छ । 

मेलामा नेपाल र भारतको बिहार र उत्तर प्रदेश राज्य गरि करिब १ लाख दर्शानालु हरुको आउने मेला व्यवस्थापन समितिले बताएका छन । दर्शानालुहरुको भिडभाडलाई र सुरक्षा को अन्भुत गराउनको लागि मेलामा नेपाली प्रहरी ५० जना, सशस्त्र प्रहरी ३० र स्थानीय स्वयंसेवक ५० गरि १३० जनालाई परिचालन गरिएको  श्री ठाडी घाट मेला व्यवस्थापन समितिका अध्यक्ष एवम् सुस्ता गाउँपालिका वार्ड न. ५ का अध्यक्ष प्रभुनाथ अहिरले बताउनु भएको छ । 

मेलामा करिब ५ सय स्टल पसलहरु रहने र मेलामा आउने दर्शानालुहरुलाई मनोरञ्जनका लागि सास्कृतिक कार्यक्रम नाच र बिराट दङ्गल कुस्ती पनि रहेको मेला व्यवस्थापन समितिले जनाएको छ । 

मेलाको लागि सुस्ता गाउँपालिका वार्ड न. ५ का वार्ड अध्यक्ष प्रभुनाथ अहिरको अध्यक्षयतामा ३१ सदस्यीय मुल समिति गठन गरिएको छ । त्यसैगरि मेलालाई अझ व्यवस्थित बनाउनको लागि चन्दा संकलन उपसमिति, जग्गा बितरण उपसमिति, मेस उपसमिति, दङगल कुस्ती उपसमिति र प्रचार प्रसार उपसमिति गरि विभिन्न उपसमिति हरु गठन गरिएको छ । 

साथै मेलामा हुने बिराट दङगल कुस्ती खेलमा प्रथम हुने पहलवानले १ थान चादीको मुद्दर र नगद, दोस्रो हुने पहलवानलाई १ थान २१ इन्चको कलर टिभी र नगद त्यसैगरि तृतीय हुने पहलवानलाई  १ थान साईकल र नगद पुरस्कारहरु राखिएको दङगल कुस्ती उपसमितिका संयोजक स्यानो गोरे गुरुङ्गले बताउनु भएको छ । 

सो मेलाको उद्वघाटन नवलपरासी जिल्लाको क्षेत्र न. ६ का पुर्व माननीय सांसद एवम् नवलपरासी जिल्ला बर्दघाट पश्चिम निर्वाचन क्षेत्र न.१ का प्रतिनिधि सभाका उम्मेदवार देवकरण प्रसाद कलवार सन्तुले गर्ने मेला व्यवस्थापन समितिका अध्यक्ष अहिरले बताउनु भयो । 

साथै यस मेलामा आउने दर्शानालुहरुले कार्तिक पुर्णिामाको दिन नारायणी नदिमा स्नान गर्दा आफ्नो शरिरमा भएको रोग र दुखहरु पखालिएर जाने बिश्वास पनि रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो