Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा दश हजार मत अन्तरले चुनाब जित्ने बाम गठबन्धनको दाबी

२०७४, १७ कार्तिक शुक्रबार १०:४७


  आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १० हजार मत अन्तरले नेपाली कांग्रेसलाई पराजित गर्ने दाबी बाम गठबन्धनका उमेदवारले गरेका छन ।


जिल्ला निर्वाचन कार्यालय पर्वतमा उमेदवारी दर्ता गर्ने क्रममा आयोजित कोषणसभालाई सम्बोधन गर्दै बाम गठबन्धनका उमेदवारहरुले १० हजार भन्दा बढी मतले कांग्रेसलाई पराजित गर्ने दाबी गरेका हुन ।


कुस्मा बजारमा हजारौंको  जुुलुस सहित उमेदवारी दर्ता गराएका उमेदवारहरुले बाम गठबन्धन बनेपछि नेपाली कांग्रेस भन्दा दश हजार भन्दा बढी मत भएकाले जित सुनिश्चित भएको दाबी गरेका हुन ।


कोणसभालाई सम्बोधन गर्दै नेकपा(एमाले)का पोलिटब्युरो सदस्य तथा प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सीनाले पर्वत जिल्लालाई अब लालकिल्ला बन्नबाट कुनै शक्तिले रोक्ने तागत नभएको बताए  । ‘बामगठबन्धनको लोकप्रिय जनमतलाई अब कसैले पनि तलमाथि गर्न सक्दैनन’ तिमिल्सीनाले भने ‘पर्वतका जनताले डेढ दशकमा भोगेको कुशासनको बदला अब लिने दिन आएको छ’ उनले प्राबिधीक हिसाबले एमाले र माओबादी केन्द्रका उमेदवारहरु छुट्टाछुट्टै चुनाब चिन्ह लिएर  उठेपनि पार्टी एकता हुने भएकाले निर्धक्क भएर एक अर्कालाई मतदान गर्न आग्रह पनि गरे ।


      पर्वतबाट प्रतिनिधीसभाका उमेदवार तथा नेकपा(एमाले) पर्वतका अध्यक्ष पदम गिरीले पर्वतमा १८ बर्ष सम्म जनप्रतिनिधी हुँदा एक मिटर बाटो समेत पक्की गर्न नसकेको दुरावस्था अब जनताले बेर्होन नपर्ने ठोकुवा गरे । उनले पाँच बर्ष पर्वत जिल्लालाई सम्बृद्ध बनाउने दायित्व बाम गठबन्धनमा आएको बताए । ‘अब जनतालाई जालझेल गरेर गुमराहमा राख्ने दिन सकिए’ उनले भने ‘कसैले पैसाका आधारमा चुनाब जित्छु भन्ने सपना देखेको छ भने त्यो अब चकनाचुर हुनेछ’ ु


नेकपा(माओबादी) केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारीले बाम गठबन्धनको उमेदवारका पक्षमा ३० प्रतिशत जनमत थपिइसकेको कारण कसैले चुनाब जित्ने सपना नदेखे हुन्छ भने । बामशक्ति बिचको तालमेलपछि स्वतन्त्र रहेको जनमत समेत बाम उमेदवारको पक्षमा देखिएकोले आफ्नो बिजय यात्रालाई कसैले रोक्न नसक्ने बताए । ‘देशलाई आर्थिक सम्बृद्धिको दिसामा लैजानका लागि नै बामपन्थी शक्तिहरु इतिहाँसमा पहिलो पटक एक ठाउँमा आएका छन’ उनले भने ‘मुलुकको आवश्यकता अनुसार जनमत प्राप्त गरेर देशलाई सम्बृद्ध बनाउन बामपन्थी उमेदवारलाई जिताउनुको बिकल्प छैन’


प्रदेशसभा ख का उमेदवार तथा निर्वतमान साँसद बिकास लम्सालले बाम  गठबन्धनका उमेदवारहरुले १० हजार मत अन्तरले चुनाब जित्ने बताए । उनले उमेदवारी छनौटको बिषयलाई आफुँले सामान्य रुपमा लिएको बताउँदै पर्वतलाई सम्बृद्ध बनाउन आफुँले शुरु गरेका योजनाहरु पुरा गरेरै छाड्ने पनि दाबी गरे । ‘जनमतले हामी जितीसकेका छौ’ उनले भने ‘अब जनमतलाई कदर गर्दै सम्बृद्ध पर्वत बनाउने अभियान पुरा गर्नेछौ’


नेकपा(एमाले) पर्वतका उपाध्यक्ष भक्त कुवँरको अध्यक्षतामा भएको कोणसभामा नेकपा माओबादी केन्द्रका जिल्ला सहइन्र्चाज गगन थापा, जिल्ला सहसंयोजक केशब कुवँर लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


कोणसभा अघि बाजागाजा सहितको हजारौको जुलुसले कुस्मा बजार परिक्रमा गरेको थियो । बाम गठबन्धन भएपछि निर्वाचन जित्ने कुरामा ढुक्क देखिएका कार्यकर्ताहरु गाउँगाउँबाट आएका थिए ।


      गत स्थानिय तहको निर्वाचनको परिणाम अनुसार पर्वतमा नेपाली काँग्रेस बाम गठवन्धनले प्राप्त गरेको मत भन्दा झण्डै ७ हजारले पछाडि रहेको छ । उक्त मत परिणाम अनुसार यसपटक तीनवटै सिटमा बामगठवन्धनका उम्मेदवारहरुले बिजयी हासिल गर्ने आँकलन गरिएको छ ।         आगामी निर्वाचनका लागि पर्वतमा एक लाख ७ हजार तीन सय मतदाता कायाम भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा