२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनलगत्तै एमाले-माओवादी एकता हुन्छ: पोखरेल

२०७४, १७ कार्तिक शुक्रबार १२:१२

कात्तिक १७, काठमाडौँ  । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा (माओवादी केन्द्र)बीच निर्वाचन सकिएलगत्तै एकता हुने बताउनुभएको छ । 

एमाले टोखा – २ र ३ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले दुई पार्टी एक गर्न नै वाम गठबन्धन गरिएको जानकारी दिनुभयो । काठमाडौँ क्षेत्र नं ५ बाट एमालेतर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारसमेत रहनुभएका पोखरेलले उम्मेदवारी दर्ताका क्रममा देखिएको उत्साहले वाम गठबन्धनले दुई तिहाइ ल्याउने जिकिरसमेत गर्नुभयो ।

 “हामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दुई तिहाइ ल्याएर सरकार बनाउँछौँ”, उहाँले भन्नुभयो, “अनि त्यो स्थिर सरकार भएपछि देशको कायापलट गर्छौं ।” उहाँले टिकट वितरणमा केही असन्तुष्टि देखिए पनि मिलाएर लैजाने बताउनुभयो । 

“वाम गठबन्धन गर्दा सबैको चित्त बुझाउन सकिएन”, उहाँले थप्नुभयो, “देश बनाउनका लागि गठबन्धन गरेको हुनाले सानातिना कुरामा चित्त दुखाउन हुँदैन ।” कार्यक्रममा सोही निर्वाचन क्षेत्रका प्रदेशसभा ‘ख’ का उम्मेदवार दीपक निरौलाले वाम गठबन्धनले देशव्यापी रुपमा सजिलै जित्ने जिकिर गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन