२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागी उम्मेदवारलाई कारबाही गर्ने एमालेको चेतावनी

२०७४, १८ कार्तिक शनिबार ०९:०९

कात्तिक १८, काठमाडौं । नेकपा एमालेले बागी उम्मेदवारी फिर्ता लिन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।  

एमालेले पार्टीलाई असहयोग हुने गरि दिइएको बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत  दिएको छ । एमाले  अनुशासित पार्टी भएको भन्दै सबैले आआफ्ना असन्तुष्टि तथा गुनासाहरूलाई पार्टीमा राख्न पाउने व्यवस्था विधानको रहेको केन्द्रीय  अनुशासन आयोग मुख अमृतकुमार बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘पार्टीमा सबैले आफ्नो इतिहास र योगदानलाई ख्याल नगरी यो निर्वाचन नै अन्तिम निर्वाचन जस्तो ठानी पार्टीको विधि, पद्धति, प्रक्रिया र अनुशासनलाई उल्लंघन गर्ने आवेगपूर्ण कार्य कही कतैबाट नहोस् भनी आयोग विनम्रताका साथ सबैलाई सचेत गराउन चाहन्छ । अन्यथा पार्टी विधानको पालना र सम्मानको निमित्त आयोग अन्तिम निर्णयमा जान बाध्य हुने व्यहोरा समेत जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ । 

प्रेस वक्तव्य

यतिखेर मुलुक आम निर्वाचनको ऐतिहासिक प्रक्रियामा छ । आम मतदाता, पार्टीका नेता, कार्यकर्ताहरू निर्वाचनको विभिन्न कार्यमा उत्साहका साथ सहभागी भइरहेका छन् । संविधान सभाबाट नयाँ संविधान जारी भएपछि त्यसलाई कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने यो अत्यन्त महत्वपूर्ण ऐतिहासिक क्षण हो । यसलाई सफल बनाउन पार्टीका सम्पूर्ण शक्ति एकताबद्ध भई लाग्न पार्टीको अनुशासन आयोग सबैसँग हार्दिक आग्रह गर्दछ । 

हामी अहिले देशलाई स्थायित्व, शान्ति र समृद्धिको बाटोमा लान वामपक्षीय लोकतान्त्रिक गठबन्धन संयुक्त रुपमा चुनावी मैदानमा छौं । एउटै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ आज नेकपा (एमाले) र नेकपा माओवादी–केन्द्रबीच चुनावी तालमेल भएको छ र साझा उम्मेदवारीका साथ हामी चुनावी अभियानमा छौं । समयको चाप र परिस्थितिका कारण पार्टीभित्रका सबै इच्छुक, आकांक्षी उम्मेदवारहरूको आवश्यकता र चाहनालाई व्यवस्थापन गर्नु पार्टीका लागि अत्यन्त कठिन र चुनौतीपूर्ण कार्य भएको सबैलाई विदितै छ । 

पार्टीले सबैको योग्यता, क्षमता, योगदान र आवश्यकतालाई मध्यनजर गरी सिट संख्याको सीमा भित्र रहेर उम्मेदवार चयन गरी मनोनयन गर्ने काम सम्पन्न गरिसकेको छ । यसो गर्दा कैयन महत्वपूर्ण व्यक्तिहरुलाई उम्मेदवारको रुपमा समावेश गर्न सम्भव हुन सकेन । यो पार्टीलाई पनि महसुस भएकै कुरा हो । यस सन्दर्भमा विभिन्न कमरेडहरुको आ–आफ्ना असहमति हुनसक्छन् । चित्त नबुझेका कुराहरु भन्ने र बहस गर्ने वातावरण पार्टीले बनाउने नै छ । तर यतिखेर पार्टीले उम्मेदवारको निर्णय गरिसकेपछि उनीहरुको विरुद्ध हाम्रा असहमति र असन्तुष्टिले विपक्षीहरूलाई फाइदा पुग्ने हुँदा यसलाई मनन गर्न आम शुभेच्छुक, कार्यकर्ता र सदस्यहरुलाई आयोग आग्रह गर्दछ ।  

तसर्थ निर्वाचनको प्रक्रियामा प्रवेश गरेपछि असन्तुष्टिका नाममा कतिपय ठाउँमा पार्टी निर्णयका खिलाफ सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा असहयोग गर्ने र पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार हुने वा दिन लगाउने जुन समाचारहरू सार्वजनिक भएको छ, यो अत्यन्त दुःखद् र गम्भीर विषय हो । यस विषयमा पार्टी अनुशासन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । 

नेकपा (एमाले) संघर्षको लामो गौरवपूर्ण इतिहास भएको अनुशासित पार्टी हो । सबैले आआफ्ना असन्तुष्टि तथा गुनासाहरूलाई आफू सम्बन्धित पार्टीमा राख्न पाउने हाम्रो विधानको व्यवस्था छ । पार्टीले पनि सबैको कुरालाई धैर्यताका साथ सुनिदिनुपर्दछ । पार्टीमा सबैले आफ्नो इतिहास र योगदानलाई ख्याल नगरी यो निर्वाचन नै अन्तिम निर्वाचन जस्तो ठानी पार्टीको विधि, पद्धति, प्रक्रिया र अनुशासनलाई उल्लंघन गर्ने आवेगपूर्ण कार्य कही कतैबाट नहोस् भनी आयोग विनम्रताका साथ सबैलाई सचेत गराउन चाहन्छ । अन्यथा पार्टी विधानको पालना र सम्मानको निमित्त आयोग अन्तिम निर्णयमा जान बाध्य हुने व्यहोरा समेत जानकारी गराउँदछौं । 

हाम्रो पार्टी चौतर्फी चुनौतीको दृढतापूर्वक सामना गर्दै निर्वाचनमा अघि बढेको छ । यस्तो स्थितिमा निर्वाचनमा विजयको निमित्त सबैको एकताको खाँचो आवश्यक हुन्छ । 

त्यसैले संविधानको मर्म र भावना अनुसार समृद्ध समाजवादी समाज निर्माण गर्ने ऐतिहासिक अभिभारा पुरा गर्ने कार्यमा उत्साह र गतिका साथ एकताबद्ध भई निर्भयताका साथ संयुक्त वामपक्षीय लोकतान्त्रिक गठबन्धनको पक्षमा निर्वाचन कार्यमा सहभागी बनौं । हाम्रो केन्द्रीय अनुशासन आयोग सबैसँग यही अनुरोध गर्दछ ।

अमृतकुमार बोहरा

अध्यक्ष, केन्द्रीय अनुशासन आयोग

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो