२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमला नदीमा भूतमेला: तन्त्रमन्त्र गर्न धामीझाँक्रीहरुको घुइँचो (फोटोफिचर)

२०७४, १८ कार्तिक शनिबार १०:५८

राम नारायण पंडित/कात्तिक १८, सिरहा । आज बिहानै देखि कमला नदीको दृश्य रोमाञ्चक देखिन्थ्यो । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै थिए । 

धनुषा सिरहा र भारतको त्रिवेणीमा अवस्थित कमला नदीमा धामीझाँक्री बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको घुइँचो लागेको थियो । उनीहरुले नै भय उत्पन्न हुने गरी कर्कश स्वरमा चिच्याउँदै थिए । सिरहा र धनुषाके सिमाना भएर वग्ने कमला नदीमा सूर्योदयसँगै आज हजारौँ नव धामीझाँक्री वोक्सावोक्सी पवित्र जलमा डुबुल्की लगाए । 


हजारौ स्त्री पुरुष दुवैपट्टिका नदीका किनारमा भगत देउता खेल्न खेलिरहेका थिए भने प्रत्येक भगतासँग रहेका १० देखि २० जनाको समूहका ब्यक्तिहरुले भगतालाई प्रश्न गर्ने गीत गाउनमा व्यस्त थियो । 

आफनो शरीरमा वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री वोक्साबोक्सी कमला नदीमा स्नानका लागि आएका हुन् । ’विवाह गरेको सात वर्ष भयो । 


तर अहिलेसम्म बच्चा जन्माउन सकेकी छैनन् दिनदिनै भूत पनि खेल्छे,’ आफनी ३० वर्षीया वुहारी रामवती देवीलाई डोर्याएर इनरुवा घाटमा आहुत सल्काएर भगता नजिक लग्दै गरेकी भारत मधुवनी जिल्लाको साहरघाटकी ५० वर्षिया सासू निर्जलादेवीले भनिन, ’कुन जोगिया भूतप्रेत पाल्नेले जादु टुनामुना गरेको छ त्यही देखाउन ल्याएको । भगताले झारफुक गरेर बच्चा हुन्छ त भन्ने प्रश्नको जवाफमा ती वृद्धाले भनिन् मेरी जेठी बुहारी रीता देवीलाई कमलामाईकी कृपाले छोरा भएको छ ।’


कात्तिक पूर्णिमाका दिन कमला गंगालगायतका पवित्र नदीमा नयाँ भगता जसको जीउमाथि प्रथमपटक देवताको गात स्थायी हुने र भगताको गुण तन्त्रशक्ति चल्ने विश्वास धामीझाँक्रीको छ । तन्त्रशास्त्र अनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका किन पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता छ । 


टुनामुना सिकेर धामीझाँक्री र बोक्साबोक्सी बन्नेहरु सिद्धि प्राप्त गर्न कमला नदीमा स्नान गर्ने गर्छन । विजया दशमीको आगमनसँगै धामीझाँक्री बोक्साबोक्सी सक्रिय हुन्छन्। आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सवोत्तम मानिन्छ । देवीदेवताको गात स्थायी होस् भनेर आआफनो घरबाट आहुत बोकेर कात्तिक पूर्णिमाको विहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन । 


पवित्र नदीमा प्रथम स्नान धामीझाँक्रीसँग आशिष लिने श्रद्धालुहरुको संख्या पनि उल्लेख्य थिए । महोत्तरी धनुषा सर्लाही सिरहा सप्तरी बारा  पर्सा सुनसरी मोरङ र भारतको दर्जनौ गाउँबाट लावालस्कर का साथ काम्दै उफ्रदै घण्टौघण्टाको बाटो पैदल गई स्थान र तन्त्रमन्त्र गरेको दृश्य हेर्दा यस क्षेत्रका बासिन्दा भन्ने साह्रै रमाएका थिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते