2026-09-19 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका मतदातालाई काँग्रेस महामन्त्री डा. कोइरालाको यस्तो आग्रह

कात्तिक १८, नवलपरासी (रासस) | नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई उत्साहजनक रुपमा सम्पन्न गराउन मतदातालाई आग्रह गर्नुभएको छ । 

नवलपरासीको रजहरमा खानेपानी ट्यांकी मर्मत तथा सरसफाइका लागि जनसम्पर्क समिति बेल्जियमले गरेको सहयोग रकम हस्तान्तरण कार्यक्रममा डा कोइरालाले निर्वाचनलाई विजय र पराजयभन्दा पनि देश र देशवासीको जीतका रुपमा लिनुपर्ने विचार राख्नुभयो । डा कोइरालाले नवलपरासीको नवलपुर क्षेत्रलाई ४ नं प्रदेशमा राख्न आफूले भूमिका खेलेको बताउँदै आगामी पाँच वर्षमा सो क्षेत्रमा ट्रमा सेन्टर, चक्रपथलगायत पर्याप्त अवधारणा पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

डा कोइरालाले नवलपरासीलाई समुन्नत विकासका लागि आफ्नो पहल अझ अगाडि बढ्ने बताउनुभयो । लोकतन्त्र नै मुलुकको समृद्धिको पहिलो आधार भएको बताउँदै अब लोकतन्त्रलाई अझ स्थापित गर्न नेपाली काँग्रेसलाई विजयी बनाउन आम मतदातालाई आग्रह गर्नुभयो । 

सो अवसरमा जनसम्पर्क समिति बेल्जियमले नवलपरासीको देवचुली नगरपलिका १६ स्थित पहाडी क्षेत्रमा रहेको बाह्रकोल खानेपानी उपभोक्ता समितिलाई रु एक लाखको चेक सहयोगस्वरुप हस्तान्तरण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा