2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी २ बाट उम्मेदवार ऋषिराम पौडेलले उम्मेदवारी फिर्ता लिए

कात्तिक १८, परासी | नेपाली कांग्रेसका क्रियाशिल सदस्य एवं मध्य नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष ऋषिराम पौडेलले आफनो उम्मेदवारी फिर्ता लिएका छन् । 

नेपाली कांग्रेस बि.पी पार्टीको तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतिनिधि सभा २ का लागि दर्ता गराएको पौडेल आफनो उम्मेदवारी आज एक प्रेस बिज्ञप्ती जारी गर्दै फिर्ता लिएको बताएका छन् । प्रजातन्त्रका लागि निरन्तर संघर्षरत रहने कुसल संगठक ऋषिराम पौडेलको उम्मेदवारी फिर्ताले नेपाली कांग्रेस वृत्तमा खुशियाली छाएको र उनले नेपाली कांग्रेसका सबै उम्मेदवारहरुलाई बिजयी गराउन सहयोग र समर्थन समेत रहने यसै प्रेस विज्ञप्ती माफर्त जनकारी गराएका छन् ।

स्थानिय तहको निर्वाचन र हाल हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसले पार्टीका वफादार र संघर्षरत निष्ठवान कार्यकर्ताहरुलाई टिकट नदिई एकलौटी रुपमा पार्टीका शिर्ष नेताहरु आ–आफना कार्यकर्ताहरुलाई टिकट वितरण प्रति आपत्ती जनाउदै क्रियाशिल युवा पौडेलले आफनो उम्मेदवारी दिएका थिए तर पौडेको यस निर्णयले नेपाली कांग्रेसलाई कतै अप्ठयारो बनाउने हो कि भन्ने चिन्ताले पौडेल पार्टी प्रतिको वफादारिता देखाउदै आफनो उम्मेदवारी फिर्ता लिएको उनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । 

पौडेलले भने म पार्टीको प्रगतिका लागि दिलोज्यानले सहयोग गर्ने र पार्टीका अधिकारिक उम्मेदवारहरुलाई बिजयी बनाउन सहयोग र समर्थन गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा