नेकपा एमाले र नेकपा माओवादी केन्द्र पर्वतले प्रदेश सभा निर्वाचन क्षेत्र क  निर्वाचन क्षेत्रको अभियानललाइ लक्षित गरेर संयुक्त क्षेत्रिय भेला सम्पन्न गरेको छ । संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम प्रदेश सभा क का उम्"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेकपा एमाले र नेकपा माओवादी केन्द्र पर्वतले प्रदेश सभा निर्वाचन क्षेत्र क  निर्वाचन क्षेत्रको अभियानललाइ लक्षित गरेर संयुक्त क्षेत्रिय भेला सम्पन्न गरेको छ । संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम प्रदेश सभा क का उम्"/>
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बामगठबन्धनको संयुक्त निर्वाचन क्षेत्रिय भेला सम्पन्न

२०७४, १९ कार्तिक आईतवार ०४:४५

नेकपा एमाले र नेकपा माओवादी केन्द्र पर्वतले प्रदेश सभा निर्वाचन क्षेत्र क  निर्वाचन क्षेत्रको अभियानललाइ लक्षित गरेर संयुक्त क्षेत्रिय भेला सम्पन्न गरेको छ । संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम प्रदेश सभा क का उम्मेदवार नेत्रनाथ अधिकारीले लामो समयदेखिको पर्वते जनताको निराशालाई बामगठबन्धनका उम्मेदवारहरुले बदल्ने योजनाका साथ आएको बताउंदै २० वर्षभन्दा बढि समयदेखि पर्वत जिल्ला अविकासको चपेटामा परेको तथा  राष्ट्रिय महत्व पाउन नसकेको तितो यथार्थलाई अव बामगठबन्धनले परिवर्तन गर्ने र पर्वतको विकासको ढोका अव खोल्ने धारणा राख्नु भयो ।

 कार्यक्रममा बोल्दै नेकपा एमाले अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेलले कम्यूनिष्टहरु विभाजित भएका कारण संधै जनविरोधी र दक्षिणपन्थीहरुले राज गरेको तथा कुशासन र भ्रष्टाचारको आहालमा मुलुकलाई डुबाएको भन्दै ढिलै भएपनि बामपन्थीहरु एक ठाउँमा आएका कारण अव मुलुकको समृद्धि अभियानलाई कसैले रोक्न नसक्ने दावी गर्नुभयो  । नेकपा एमाले पर्वतका उप सचिव एवम क्षेत्र नं. १ का संयोजक गोविन्द पहाडीको अध्यक्षता र नेकपमा एमाले कुश्मा नगर संगठन कमिटिका सह संयोजक विष्णु नेवारको सञ्चालनमा भएको कार्यक्रममा नेकपा एमाले पर्वतका उपाध्यक्ष भक्त कुंवर, नेकपा माओवादी केन्द्रका गुप्त हमाल लगायतले बोल्नु भएको थियो । 

संयुक्त भेला पछि जलजला, कुश्मा र मोदी गाउं तथा नगर संगठन कमिटिका संयुक्त बैठकहरु बसी वार्ड तहसम्म नेकपा एमाले र नेकपा माओवादी केन्दका संयुक्त बैठकहरु आयोजना गरि साझा रुपमा निर्वाचन कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय भएको जानकारी नेकपा एमालेका उपसचिव गोविन्द पहाडीले दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा