ताराबहादुर महत । कार्तिक १९, दोलखा । नेकपा एमाले र नयाँ शक्ति पार्टी नेपाल दोलखाविच जिल्लास्तरमा पार्टी एकिकरण भएको छ ।

दुई पार्टीद्वारा आज विहान नेकपा एमालेको पार्टी कार्यालय चरिकोटमा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । कार्तिक १९, दोलखा । नेकपा एमाले र नयाँ शक्ति पार्टी नेपाल दोलखाविच जिल्लास्तरमा पार्टी एकिकरण भएको छ ।

दुई पार्टीद्वारा आज विहान नेकपा एमालेको पार्टी कार्यालय चरिकोटमा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा "/>

2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

एमाले र नयाँशक्ति दोलखाविच पार्टी एकिकरण, बलियो बन्दै बाम गठबन्धन

ताराबहादुर महत । कार्तिक १९, दोलखा । नेकपा एमाले र नयाँ शक्ति पार्टी नेपाल दोलखाविच जिल्लास्तरमा पार्टी एकिकरण भएको छ ।

दुई पार्टीद्वारा आज विहान नेकपा एमालेको पार्टी कार्यालय चरिकोटमा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक रविन्द्र कार्कीले पार्टी एकिकरण भएको घोषणा गर्नु भएको हो । एक्ला एक्लै हिँडेर समृद्ध नेपाल निमार्ण गर्न नसकिने भएकोले बाम एकतालाई मजबुत बनाउन पार्टी एकिकरण गरेको कार्कीले बताउनुभयो । सुखी नेपाली र समृद्ध नेपाल बनाउनका लागि भावी सरकार बामपन्थीहरुको नेतृत्वमा बन्नु अपरिहार्य रहेकोले जिल्लातहबाटै पार्टी एकिकरण गर्नु परेको कार्कीको भनाई छ । उहाँले तल्लो तहका पार्टी कमिटीहरुलाई नेकपा एमालेका कमिटीहरुमा समाहित भई काम गर्न निर्देशन समेत दिनुभएको छ ।

पार्टी एकिकरण घोषणा कार्यक्रममा बोल्नुहुँदै नयाँ शक्ति पार्टी नेपाल दोलखाबाट आसन्न निर्वाचनमा प्रतिनिधि सभाको उम्मेद्वार बन्नुभएका नेता बैकुण्ठप्रसाद भण्डारीले एमालेसँग पार्टी एकिकरण भएकोले एमाले उम्मेद्वार पार्वत गुरुङलाई विजयी गराउन आफूले उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले यसअघि रविन्द्र कार्की एमालेबाट बाहिरिएको स्मरण गराउदै त्यति बेला नै उहाँ एमालेमा रहनुपर्ने आवश्यकता महसुश गरेको र अहिलेसँगै यात्रा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । पार्टी एकिकरण भएकोले नयाँ शक्ति पार्टी नेपाल दोलखाका संयोजक रविन्द्र कार्की, नेताहरु केशव चौँलागाई र बैकुण्ठप्रसाद भण्डारीलाई एमाले दोलखाको सचिवालय सदस्यको जिम्मेवारी दिने निर्णय भईसकेको एमाले अध्यक्ष पोखरेलले जानकारी दिनुभएको छ । अध्यक्ष पोखरेलले आसन्ननिर्वाचनको सन्दर्भमा कुरा गर्नुहुँदै सबै बाम पन्थीहरु एक भएको बेलामा दोलखाका १ प्रतिनिधि सभा र २ प्रदेश सभाको सिटमा बाम गठबन्धनका उम्मेद्वारहरु काङ्ग्रेसको जमानत नै जफत हुने गरी विजयी हुने दाबी गर्नुभयो ।

पार्टी एकिकरण भएको र उम्मेद्वारी फिर्ता लिएको प्रेस विज्ञप्तीहरु

   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई