Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अर्जुन जोशीलाई हराउन आफ्नै कार्यकर्ता सक्रिय, काँग्रेसको रेकर्ड तोडिने सम्भावना-भिडियो सहित

२०७४, १९ कार्तिक आईतवार ०९:४२

पर्वत । जिल्लामा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको लागि निवर्तमान साँसद अर्जुनप्रसाद जोशीले टिकट पाएका छन । प्रदेशसभा क मा पुर्वसभापति नबराज गुरुङ्ग र ख मा महाधिबेशन प्रतिनिधी राजेन्द्र तिवारी उमेदवार भएका छन ।

उमेदवार छनौटका क्रममा रामचन्द्र पौडेल समुह पुरै क्लिन स्विपमा परेको छ भने शेरबहादुर देउवाको पक्षमा सधै रहेका राम शर्मा पौडेलहरुले समेत बिद्रोह गरेका छन । प्रदेश क मा राम शर्मा पौडेल र बिद्वान गुरुङ्ग उमेदवारको अन्तिम प्रतिष्पर्धामा रहेका थिए । तर २०७० को चुनाबमा पर्वत क्षेत्र नं २ मा गएका नबराज गुरुङ्ग प्रदेश क मा फर्किपछि उनी संगै रहेका राम शर्मा पौडेल पनि असन्तुष्ट बनेका छन भने बिद्वान गुरुङ्गले पनि खुलेर सहयोग गर्ने अवस्था नदेखिएको कांग्रेसका कार्यकर्ताले बताएका छन् ।
प्रदेश ख मा पुर्व साँसद तथा बिकासबादी दृष्टिकोणका अभियान्ता ऋषिकेश तिवारीको उमेदवारी राती अन्तिम समयमा काटिएको छ। तिवारीको नाम मध्यरातमा काटिएपछि उनले बालुवाटारमै अनसन बस्ने चेतावनी दिएका थिए ।

उमेदवारी चयनपछि नेपाली कांग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिके, जिल्ला उपसभापति दुर्गाबहादुर खत्री, २०५६ मा अर्जुनप्रसाद जोशीले जनैबादको नारा लगाउँदै उमेदवारी खोसेका भवानीशंकर पौडेल, पुर्व क्षेत्रिय सभापति बलभद्र शर्मा, महाधिबेशन प्रतिनिधी गंगाराज शर्मा, पुर्व जिल्ला सभापति लालकाजी गुरुङ्ग समेत असन्तुष्ट रहेका छन । यी सबै असन्तुष्टहरुको समर्थन आफुँलाई रहेको बागी उमेदवार शर्माले पत्रकार सम्मेलनमा बताए । ‘अधिनायकबाद र निरंकुशताका बिरुद्ध एकमुष्ट बिष्फोट भएको छ’ उनले भने ‘अहिले सम्म गुम्सिएको असन्तुष्टि भूकम्प जस्तै बिष्फोट भएको हो’ ।

यो सँगै नेपाली काँग्रेसका नेता तथा पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेलले लोकतान्त्रिक गठबन्धनको बिरुद्धमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले पर्वतबाट प्रतिनिधीसभामा केन्द्रिय सदस्य तथा पुर्व साँसद अर्जुनप्रसाद जोशीलाई उमेदवार बनाएपछि पुर्व महासमिति सदस्य समेत रहेका पौडेलले स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् । एकपक्षीय रुपमा टिकट वितरण भएको भन्दै काँग्रेसभित्र भएका गुटविच द्वन्द्व शुरु भएको छ । यसले बामगठबन्धनलाई ठूलै फाइदा हुने अनुगामान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा