९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवालाई समृद्ध बनाउने उद्घोष, यस्तो छ चुनावी गतिबिधि

१९ कार्तिक २०७४, आईतवार ०९:५८

ज्ञानेन्द्र न्यौपाने | कात्तिक १९, रसुवा (रासस) | प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गएपछि समृद्ध रसुवा बनाउने उद्घोषका साथ राजनीतिक दलहरुले चुनावीसभालाई तीव्रता दिएका छन् । 

एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य चयन हुने जिल्लामा नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीको लोकतान्त्रिक गठबन्धनका मोहन आचार्य र प्रदेश (क) मा काँग्रेसकै प्रभात लामा र प्रदेश (ख) मा नयाँ शक्तिका पूर्वसभासद् प्रेम तामाङ चुनावी मैदानमा उभिनुभएको छ । 

यसैगरी वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेकपा (एमाले) का पूर्वसांसद जनार्दन ढकाल तथा प्रदेश (क)मा माओवादी केन्द्रका एमालेका कन्र्याल तामाङ र प्रदेश (ख) मा इन्द्रप्रसाद गोतामे उम्मेदवार रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । दुवै गठबन्धनले रसुवा जिल्लालाई पाँच वर्षमा समुन्नत बनाउने उद्घोष गरेका छन् । 

लोकतान्त्रिक गठबन्धनले रसुवागढी अन्तराष्ट्रिय नाका व्यवस्थित गराउने, विद्युत् उत्पादनमा जलसम्पदाको यथेष्ट उपभोग गरी दाताको लगानी सुरक्षित पार्ने, युवालाई जलविद्युत् क्षेत्रमा रोजगारी दिलाउने, जलविद्य्तुको आयबाट तामाङ सम्पदामार्ग, लाङटाङ र गणेश हिमाल तथा गोसाइँकुण्ड मार्गमा पर्यटकीय पूर्वाधार बनाउने, प्रत्येक गाउँटोलमा सडक निर्माण गर्ने, वृद्धवृद्धालाई वृद्धभत्ता वृद्धि गर्ने, स्थानीय बासिन्दालाई रोजगारीमा पहिलो प्राथमिकता दिने, जिल्लाभित्रका सबैखाले सांस्कृतिक सम्पदाको संरक्षण गर्ने गराउने जस्ता विविध कार्यसूची राखेको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आचार्यले बताउनुभयो । 

“बाइस सय मेगावाट विद्युत् उत्पादन गर्नेलगायत जिल्लाका समग्र विकास कार्यक्रम द्रुत गतिमा अघि बढाउन र म इन्जिनीयर भएकाले गुणस्तरीय विकासका काम गराउन सक्ने हुनाले मतदाताले मलाई अवसर दिनेछन्” उहाँले भन्नुभयो । 

यसैगरी वाम गठबन्धनका उम्मेदवार पूर्वसांसद ढकालले रसुवागढी अन्तराष्ट्रिय नाकाको व्यवस्थापन, प्रत्येक गाउँमा मोटरबाटो बनाई कालोपत्र गर्ने, धार्मिक–सांस्कृतिक क्षेत्रको संरक्षण र संवद्र्धन, युवालाई रोजगारीको अवसर दिने, हिउँद बर्खा दुवैयाममा मोटर गुडाउन प्रत्येक ठाडो खोल्छामा पक्की पुल निर्माण गर्ने, बेत्रावती, भोर्ले, लोकिल यार्सा, ठूलो स्याफ्रुका सडकमा कालोपत्र गराउने, थुमन, चिलिमे, गतलाङ, हाकु, ठूलोगाउँ सडक सञ्जाल, गाउँगाउँमा विद्युत् सेवा, गुणस्तरीय शिक्षा, यथेष्ट स्वास्थ्योपचार सेवा, विद्युत् उत्पादन द्रुत रुपमा अगाडि बढाउने, भत्तावृद्धि गराई वृद्धवृद्धालाई उचित सम्मान गर्ने जस्ता कार्य गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “ रसुवागढी टिमुरेमा सुख्खा बन्दरगाहको व्यवस्थापन, स्याफ्रुबेंसी–मैलुङ, भार्खु–ठूलो स्याफ्रु सडक निर्माण जस्ता विविध विकास निर्माणका काम मैले गरिसकेको छु, अब केही अपूरा काम पूरा गराउन जनताले मलाई चुन्ने विश्वास छ । ” 

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेशन, लिवरल डेमोक्रेटिक पार्टी, नेमकिपा र एकीकृत राप्रपा(राष्ट्रवादी)ले पनि निर्वाचनमा भाग लिएका छन् । मंगोल र लिवरलले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उममेदवारी दिएका छन् भने नेमकिपा र एराप्रपा (राष्ट्रवादी) ले प्रदेशभामा मात्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभामा सात स्वतन्त्रसहित ११ र प्रदेशसभामा १३ जनाको उम्मेदवारी रहे पनि गठबन्धनका दलबाहेक अन्य दल तथा स्वतन्त्रको चहलपहल देखिएको छैन । जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार जिल्लामा अपांगता भएका ४५४ समेत कूल ३२ हजार ३२२ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । राजनीतिक दलका गठबन्धनले शान्तिपूर्ण तवरले चुनावीसभा गरिरहेको बताइएको छ । 

निर्वाचन शान्त र सहज तरिकाले सम्पन्न गर्न मतदान केन्द्रको निरीक्षण र सुरक्षाको तयारी तीव्ररुपमा अगाडि बढाइएको प्रजिअ हीरादेवी पौडेलले बताउनुभयो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्री र सशस्त्र प्रहरी बलका प्रमुख प्रकाश वाग्लेले निर्वाचन सुरक्षामा आफूहरु तयार भइसकेको बताउनुभयो । निर्वाचन समयमा हुन सक्ने अवान्छित गतिविधि रोक्न सुरक्षागस्तीलाई समेत तीव्र पारिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो